0
गोल्डेन न्यूज संवाददाता
 नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति कास्कीले व्यवसाय जन्यस्वास्थ्य सुरक्षा सम्वन्धी प्रशिक्षण दिने जनाएको छ । ट्रेड युनियन संग आवद्ध १५ प्रतिष्ठानको सिफारिसमा अगुवा तथा व्यवसायीलाई उक्त प्रशिक्षण दिने शुक्रबार आयोजित बैठकमा उक्त निर्णय गरेको नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले जनाएको छ । जिल्ला अध्यक्ष कुलदेवी बरालको अध्यक्षतामा बसेको बैठकले विश्व एकता अभियानको कार्यक्रम अन्तर्गत पुस ७ गते नेपाल नाई संघसंग आवद्ध मजदुरबीच कार्यक्रम हुने समेत ट्रेड युनियन काँग्रेसले जनाएको छ । जिल्ला उपाध्यक्ष ज्ञाज शर्माको स्वागत मन्तव्य र सचिव केशबराज भट्टराईको सञ्चालनमा सम्पन्न वैठकले आवद्ध १५ प्रतिष्ठानलाई पुस मसान्त भित्र सदस्यता शुल्क बुझाउन समेत आग्रह गरेको जिल्ला सदस्य केदार धमलाले जानकारी दिएका छन् । प्रति सदस्य  ७२ रुपैयाँका दरले हरेक आवद्ध प्रतिष्ठानका सदस्यहरुको नामावली सहित कार्यालयमा बुझाउन अनुरोध समेत गरेको छ । संगठन निर्माणकै क्रममा बनभोज कार्यक्रमको समेत आयोजना गरेको नेपाल यातायात मजदूर संघका जिल्ला अध्यक्ष जितबहादुर गुरुङले जानकारी दिएका थिए । बैठकमा नेपाल नाई संघमा आवद्ध मजदूरलाई आगामी मंगलबार ट्रेड युनियन कार्यालयमा सहभागी हुन सवैमा अनुरोध गरेको नाई संघका जिल्ला अध्यक्ष लालबाबु ठाकुरले जनाएका छन् । डल्लु एस एम अन्तर्गतको कार्यक्रमले नाई संघमा उर्जा थप्ने जिल्ला सचिव आदेशप्रसाद ठाकुरले जानकारी दिएका थिए ।







Post a Comment

 
Top