0
परिचय ः इँटबुट्टे पुतली मुख्य गरि फूलकोबी समूह बालीहरु जस्तै बन्दाकोबी, गाँठकोबी, ब्रोकाउली, रायो, मूला, तोरी, सस्युँ, सलगम, आदिमा लाग्ने किरा हो । अगाडिका पखेटा खैरो रङ्गका र पखेटाको भित्रि किनारामा सेतो अथवा हल्का खैरो रङ्गका त्रिकोणाकारका ३ ओटा चिन्हहरु हुनेभएकाले र पुतली बसेको बेला दुवै पँखेटाका उक्त चिन्हहरु मिलेर इँटको आकार बनाउने भएकाले यो पुतलीको नाम इँटबुटे पुतली राखिएको हो । यो किराको जीवनचक्र छोटो भएतापनि यसको प्रजनन शक्ति भने बढी हुने भएकोले यसले छोटो समयमा नै धेरै अण्डा पार्ने  गर्छ र अण्डाबाट निस्कने लाभ्रेहरुले विरुवालाई नष्ट गर्ने काम गर्दछ ।
उत्पत्ति र फैलावट ः इँटबुटे पुतलीको उत्पत्ति युरोपबाट भएको मानिन्छ तर यो अहिले विश्वका थुप्रै देशहरु जस्तै ः अमेरिका, अष्ट्रेलिया, दक्षिण एसिया, न्युजिल्याण्ड आदि जस्ता देशहरुमा पनि देखिन्छन् । आफ्नो वासस्थानका लागि लामो दुरीसम्म बसाई सर्न सक्ने यी किराहरु विश्वभरि नै फैलिएका छन् र वर्षभरि नै एक अथवा अर्को बालीमा देखा परिरहन्छन् । नेपालमा पनि यो किरा फूलकोबी  समूहका बालिहरुमध्ये बन्दामा बढि लागेको पाइन्छ । 
पहिचानका चिन्हहरु ः वयस्क पुतली सानो हुन्छ । अगाडिको पखेटा खैरो रगंको हुन्छ र यो पखेटाको भित्रि किनारमा सेतो अथवा हल्का खैरो रङ्गका त्रिकोणाकारका ३ वटा चिन्हहरु हुन्छन् र पुतली बसेको बेलामा दुवै पँखेटाका उक्त चिन्नहरु मिलेर इँट्टाको आकार बनाँउछन्। यसका पखेटाको फैलावट करिब १६ मि.मि. हुन्छ । पछाडिको पखेँटा हल्का सेतो रङ्गका हुन्छन् र यिनका भित्री र बाहिरी किनारमा मसिना लामा झालरजस्ता अङ्गहरु हुन्छन् । इँटबुटे पुतलीको भाले भन्दा पोथीको रङ्ग हल्का फिक्का हुन्छ भने लाभ्रे करिब १२ मि.मि.लामो हरियो रगंको हुन्छ । 
जीवनी ः वयस्क अवस्थामा रहेको पोथी पुतलीले पातको तल्लोपटि मसिना हल्का पहेँलो रगंको अण्डाहरु अलग अलग गरि अथवा एकै ठाँउमा १० देखि १२ वटा सम्म पार्ने गर्दछ । यी अण्डाहरु गर्मी  महिनामा २ देखि ३ दिनपछि र जाडोमा ७ देखि ८ दिनपछि हल्का हरियो रगंका लाभ्रेहरुमा परिणत हुन्छन् र पात खान थाल्दछन् । लाभ्रेहरु गर्मीमा १ हप्तापछि र जाडोमा करिब २ हप्तापछि पूर्ण विकसित भएर पातमै अथवा विरुवाको कुनै सुरक्षित स्थानमा रेसमी कोया बनाएर हल्का पहेँलो अथवा हरियो रगंको अचल अवस्थामा परिणत हुन्छन् । यो अवस्था गर्मीमा ४ देखि ५ दिनमा र जाडोमा करिब १० दिनजतिको हुन्छ । यो किराको जीवनचक्र गर्मी महिनामा करिब २ हप्तामा पुरा हुन्छ । 
क्षतिको प्रकार ः अण्डाबाट परिणत भएका लाभ्रेहरुले पातको तल्लोपटि बसेर पातको हरियो भाग कोत्रेर र दुलो पारेर खाने गर्दछन् । यो किरा लागेको पातामा अनेकौँ मसिना दुलाहरु देख्न सकिन्छ । यदि लाभे्रको सङ्ख्या धेरै छ भने यसले पातको सम्पूर्ण भाग खाइदिन्छ । लाभ्रेहरुले विशेषगरि कलिला मुना मन पराँउछन् र सुरुमा कलिला पातहरुमा आक्रमण गर्दछन् जसले गर्दा विरुवा बढ्न सक्दैन । 
व्यवस्थापनका उपायहरु ः 
तरकारी सकिएपछि पुराना बोटहरु र तिनका झरेका पातहरु जम्मा गरि नष्ट गर्नुपर्छ र खेतबारीलाई राम्ररी खनजोत गर्नुपर्छ । 
पासोबालीको रुपमा १५ः२ को अनुपातमा मुख्य बाली र तोरी रोप्ने । 
लाभ्रेहरु सयपत्रीमा आकर्षित हुनेभएकाले मुख्य बालीको वोरीपरी सयपत्रीका विरुवाहरु लगाउने । 
नीममा आधारित कीटनाशक पदार्थहरुले पनि यसको रोकथाम गर्न सकिन्छ । 
रासायनिक रोकथामका लागि बन्दाको पुतलीको रोकथामलाई सिफारिस गरिएको फेन्भेलरेट र साइपरमेथ्रिन विषादीहरु सोही मात्रामा प्रयोग गर्नुपर्दछ । 
प्राकृतिक शत्रुहरुको प्रयोग गर्ने जस्तै ः ऋयतभकष्ब उगितभििबभ
                                     म्ष्बमभनmब कझष्अबिगकबm
पटक पटक सिचाँइ गर्ने ।
नर्सरीको ब्याड र लगाउने बारी छुटाछुट्टै बनाउने ।
उपयुक्त बाली चक्र अपनाउने । 
(लेखिका कंडेल हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजीमा अध्ययनरत छिन् ।)









Post a Comment

 
Top