0
गोल्डेन न्यूज संवाददाता
१०औं बिटी कपको उपाधि बाझापाटन, पोखरा–१३ ले हात पारेको छ । पोखराको पुरानो टुडिखेलमा स्थानीय बुद्धटोल युवा क्लवले आयोजना गरेको प्रतियोगितामा संगम एफ सीलाइ पराजित गर्दै बिटी कपको उपाधि बी १३ ले हात पारेको हो । खेलमा खेल समय अवधिभर कुनैपनि गोल नभएपछि ट्राइबेकरमा संगमलाई तीन एक गोल अन्तरले पराजित गर्दै बी १३ ले उपाधी संगै एक लाख एक हजार एघार नगद, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगिताको उपविजेता संगमले पच्पन्न हजार पाँच सय पच्पन्न नगद, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगिता अवधिभर फेयर प्ले नर्थ हन एफसी, हाई स्कोरका विष्णुपादुकाको सुविन श्रेष्ठ जसले प्रतियोगिता अवधिभर १५ गोल गरेका थिए । वेष्ट डिफेन्स संगमको विमल बस्नेत, बेष्ट मिड फिल्डर संगमका भिक्टोर, वेष्ट किपर नान्मिल तेन्जिङ, वेष्ट प्लेयर विष्णुपादुकाको प्रविण थापालाई  ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगितामा विजयी टीम तथा उपाधी प्राप्त खेलाडीहरुलाई अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्रकुमार पोख्रेल, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, वरिष्ठ पत्रकार राजबहादुर गुरुङ, समाजसेवी राधा गुरुङ, बीटी क्लवका अध्यक्ष अरुण गुरुङ लगायतले सामुहिक रुपमा पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा वोल्दै अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक महेन्द्र कुमार पोख्रेलले खेलकुदको माध्यमबाट एक आपसमा आपसी भाइचारा कायम गर्ने वताउदै आफ्नो ठाउँको खेलको पहिचान जोगाएर खेललाई अगाडि बढाउनुपर्नेमा जोड दिए । पछिल्लो समय नेपाली फुटवल खेलाडीहरुले राष्ट्रको वदनामी हुने काम गरेको प्रति इंगित गर्दै पोख्रेलले भविष्यका राष्ट्रिय खेलाडीका दावेदार युवाहरुले आफ्नो राष्ट्रियतालाई भुल्न नहुनेमा समेत जोड दिएका थिए । त्यस्तै पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले पोखरा पर्यटकको राजधानी मात्र नभएर खेलकुदको राजधानी समेत भएको बताए । पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु हुने गरेको वताउदै अधिकारीले खेल पर्यटनको विकासका लागि पोखरेलीहरु अगाडि बढ्नुपर्नेमा जोड दिए ।








Post a Comment

 
Top