0
गोल्डेन न्यूज संवाददाता
ज्येष्ठ नागरिक सरोकार समाजको अगुवाइमा स्वर्गीय राम बहादुर थापाको स्मृतिमा पत्नि कृष्णकुमारी थापा र छोरा शान्त बहादुर थापाले पोखराको बाच्छीबुडुवामा रहेको बात्स्यायन बृद्धाश्रममा खाद्यान्न सहयोग गरेका छन् । सो अवसरमा बृद्धाश्रमका सल्लाहाकार विश्व प्रकाश लामिछानेले बृद्धबृद्धालाई गरेको सहयोग अत्यन्त राम्रो काम भएको बताए । भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव केशव प्रसाद ढकालले गरेका थिए । यस्तै सैनिक विद्यालय पूुलबारीमा अध्ययनरत विद्यार्थीहरुले सामाजिकउत्तरदायत्वि अन्तर्गत ११ हजार रुपैयाँ बराबरको नगद तथा खाद्यान्न बृद्धाश्रमका उपाध्यक्ष रेशम जिसीलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीले सहयोग दाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।


















Post a Comment

 
Top