0
गोल्डेन न्यूज संवाददाता
एमाओवादीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कास्कीको अध्यक्षमा नारायण बडाल निर्वाचित भएका छन्। पौष ११ र १२ गते पोखरामा सम्पन्न २० औं अधिवेशनले अध्यक्षमा बडाललाई निर्विरोध निर्वाचित गरेको हो। क्रान्तिकारीको सम्मेलनले बडालको नेतृत्वमा ३७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको निवर्तमान अध्यक्ष कृष्णराज दाहालले जानकारी दिए। क्रान्तिकारीको सम्मेलनले जिल्ला उपाध्यक्षमा सुशिल लामिछाने, योगेश पन्त, सचिव रामजीप्रसाद आचार्य, सहसचिव विप्लव भण्डारी, साधुराम लामिछाने र कोषाध्यक्षमा प्रगति बस्नेतलाई निर्वाचित गरेको छ। 
समितिका सदस्यमा शरण विश्वकर्मा, सुजन अधिकारी, सरोज कंडेल, सन्दिप धमला, चिन्तन सुवेदी, प्रतिभा अधिकारी, भूवेश पन्त, लोचन देवकोटा, मन्दिप तिमिल्सिना, आभाष पौडेल, कृष्ण थापा, दिपेन्द्र बस्नेत, विष्णुप्रसाद पौडेल, अमृत रौनियार, बिन्दुराज सापकोटा, सागर पौडेल, समुन्द्र अधिकारी, ईश्वर पौडेल, भगवान बाँस्तोला, अच्यूत गौतम, सूचना नेपाली, सफल बाँस्तोला, बिन्दु बाँस्तोला, रमेश जोशी, सावित्री श्रेष्ठ, सिजन कलासोत निर्वाचित भएको नवनिर्वाचित सचिव रामजीप्रसाद आचार्यले जानकारी दिए। २० औं जिल्ला सम्मेलनबाट निर्वाचित जिल्ला समितिको प्रथम बैठकले संगठनलाई व्यवस्थित बनाउने निर्णय गरेको छ। 
अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव अनिल शर्मा, एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइराला, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अमरद्वीप पराजुली, बिपिन आचार्य, प्रविणा अधिकारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

Post a Comment

 
Top