0
गोल्डेन न्यूज संवाददाता
साइकल सिटी पोखराको एक भेलाले पोखरालाई साइकल मैत्री पर्यटकीय शहर क्षेत्रको रुपमा विस्तार गर्नका लागि विविध निर्णयहरु गरेको छ । संस्थाका अध्यक्ष जितेन्द्रमान शाक्यको अध्यक्षतामा बसेको भेलामा डिभिजन सडक कार्यालय कास्कीका ई.ईन्द्र प्रसाद पौडेल, जिविस कास्कीका प्राविधिक जिता गिरी, पोखरा उप–महानगरपालिकाका प्रतिनिधि हरि न्यौपाने लगायतले साइकल सिटी पोखराका गरेका कार्यहरुको प्रशंशां गर्दै , पोखरालाई साइकल मैत्री पर्यटकीय शहर रुपमा बिकाश गर्न अध्ययन गरि गुरुयोजना बनाई अगाडि बढ्नुपर्ने बताए । भेलामा साइकल मैत्री शहरका संयोजक निरज थापाले पोखरा र आसपासका क्षेत्रलाई साइकल मैत्री शहर रुपमा विस्तार गर्न सके यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा उल्लेख बृद्धि हुनको साथै साइकल पर्यटन उद्देश्यमा सफलता प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे । भेलामा सराङ्गकोट कास्कीकोट ढिकुरपोखरी पर्यटकिय पैदलमार्ग निमार्ण समितिका अध्यक्ष बिष्णु शर्माले पोखरा र आसपासका ग्रामिण क्षेत्रलाइ पर्यटकीय क्षेत्रको रुपमा बिस्तार गर्न आफूहरुले साइकल सिटी पोखरासंग सहकार्य गरी अगाडि बढिरहेको स्मरण गराए ।
पोखरा उद्योग वाणिज्य संघका  सदस्य एबम साइकल सिटीका सल्लाहकार ईश्वर कर्माचार्यले पोखरा यदि साइकल सिटी पोखराको केहि उद्देश्यमा पुरा गर्न सकेमा पोखरा एउटा नमुना शहर रुपमा फेरिनेमा दुई मत नरहेको बताए ।
मेडिकल ल्याब्रोटोरी एशोसिएशन नेपाल (मेलान) का केन्द्रिय उपाध्यक्ष एवं साइकल सिटी पोखराका कार्यसमिति सदस्य सदस्य शंकर भण्डारीले साइकल उपयोगी बदिरहेको अवस्था र यसको लागि साइकल मार्ग अति आवश्यक रहेको बताए। भेलाले निरज थापाको अध्यक्षतामा पोखरा साइकल लेन सिटी कार्य प्रारम्भका लागि ७ सदस्य उपभोक्ता समिति गठन गरेको छ । समितिको सचिवमा प्रकाश बज्राचार्य कोषाध्यक्षमा करुणा ढकाल र सदस्यहरुमा कमलमोहन कोईराला, कपिल सिग्देल, अभिषेक कोईराला, गंगा गुरुङ चयन गरिएको छ भने सल्लाहकारमा साइकल सिटी पोखराका अध्यक्ष जितेन्द्रमान शाक्य, ईश्वर कर्माचार्य, महेन्द्रराज कोईराला, शंकर भण्डारी, टोक्केल शेर्पा चयन गरिएको छ । कार्यक्रम साइकल सिटी पोखराका सचिव महेन्द्र राज कोइरालाले संचालन गरेका थिए।



Post a Comment

 
Top