0
महिला हिंसा अन्त्य गरौं, संविधानमा उल्लेख गरिएका महिला अधिकारलाई कार्यन्वयन गरौं भन्ने नाराका साथ अखिल नेपाल महिला संघ क्षेत्रीय कमिटी क्षेत्र नं. २ कास्कीको भेला सम्पन्न भयो । भेलाको उदघाटन गर्दै अनेमासंघ केन्द्रिय सचिव श्रृजना शर्माले २१औं शताब्दीमा पनि अनेक प्रकारका महिला हिंसा कायमै रहेको बताइन । उनले गतिशिल समाज निर्माणका लागि यस्को अन्त्य अत्यावश्यक रहेको बताईन । अनेमसंघको केन्द्रीयका सल्लाहकार गज कुमारी गुरुङ्गले विगतको तुलनामा अहिलेको संविधान प्रगतिशिल रहेको उल्लेख गर्दै वर्तमान संविधानको प्रभावकारी कार्यन्वयनमा जोड दिइन । कार्यक्रममा नेकपा एमाले कास्कीका उपसचिव प्रभा कोइराला, अनेमासंघ कास्कीका कार्यवाहक अध्यक्ष सुशिला पराजुली, पोखरा नगर अध्यक्ष गंगा कुँवर, नेकपा एमाले क्षेत्र नं. २ का सचिव पूर्ण लामा जिल्ला कोषाध्यक्ष शारदा पराजुली, एमाले पोखरा १० का अध्यक्ष सम्झना अधिकारी लगायतले हरेक निकायमा महिलाहरुको सशक्त उपस्थितिमा जोड दिदै अवको समाज सवै खालको हिंसा र विभेद रहित समाज बन्नु पर्नेमा जोड दिएका थिए । अखिल नेपाल महिला संघ कास्की क्षेत्र नं. २ का अध्यक्ष पार्वती ढुंगानाको अध्यक्षतामा सम्पन्न महिला हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धी उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष सिता लामिछाने र संचालक सचिव गुमादेवी गौतमले गरेकी थिईन ।


Post a Comment

 
Top