0
गोल्डेन न्यूज संवाददाता
मुक्तिनाथ लेकाली हाउस प्रा.लि द्वारा सञ्चालित मुक्तिनाथ लेकाली हाउस एण्ड पार्टी प्यालेस शुक्रबार देखि पोखराको राष्ट्रबैंक चोकमा सञ्चालन आएको छ । पार्टी प्यालेसको शुक्रबार एक कार्यक्रमका बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले उद्घाटन गरे । कार्यक्रममा बोल्दै थापाले यस्ता उद्यमशीलताले युवाहरु विदेशिने क्रमलाई रोक्दै रोजगारी दिने बताए । थापाले पार्टी प्यलेसले पोखराको आर्थिक विकासका लागि महत्वपर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै पोखरामा नयाँ आयाम थप्ने बताए। 
पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मीनराज काप्mलेले समूहमा काम गर्न सकेमा काम सफल हने भन्दै नेपालीहरुले चाहेमा जस्तो सुकै समस्यामा पनि काम गर्न सक्ने बताए। पृथ्वी होटल व्यवसाय संघका अध्यक्ष रिजन शेरचनले पार्टी प्यालेसको प्रगतिको कामना गर्दै आप्mनो व्यक्तिगत र संघको तर्पmबाट सहयोग गर्ने प्रतिबद्धता जनाए। सञ्चारिका समूह पश्चिमाञ्चलका उपाध्यक्ष विमला भण्डारीले पोखरामा पार्टी प्यालेस सञ्चालन हुनु राम्रो भएको भन्दै व्यवसाय जति विस्तार हुँदै गयो त्यति नै गुणस्तरीय हुने बताइन । समाजसेवी मित्रलाल बस्यालले नेपालीहरु कसरी आफैँ रोजगारी दिन र आत्मनिर्भर बन्न सक्छौँ त्यस प्रति सोच्नुपर्नेमा जोड दिए । पार्टी प्यालेसका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय लोक दोहोरी संघका केन्द्रिय सदस्य नविन पौडेल, पूर्व प्राचार्य कुल बहादर क्षेत्री, पार्टी प्यालेसका सञ्चालक होमबहादुर सेन, संचारकर्मी नरमाया रसाइली लगायतले बोलेका थिए । सबै सेवा सुविधा सहित संचालनमा आएको पार्टी प्यालेसमा फ्रि वाईफाई, टिभी, एटेज बाथरुम कोठा, आकर्षक डाइनिङ हल, ओपन खाजा घर लगायतको सुविधा रहेको छ । पार्टी प्यालेसमा ४० कोठा छन् भने २५० जना अट्ने क्षमताको सभाहल रहेको छ । प्यालेसमा चार्डपर्वको अवसरमा १० प्रतिशत छुट दिइने बताइन्छ । प्यालेसका संचालकहरुमा हरि प्रसाद न्यौपाने, बम बहादर मल्ल, होम बहादर सेन, ज्योति राणा र लक्ष्मी पाण्डे छन् ।













Post a Comment

 
Top