गोल्डेन न्यूज संवाददाता
नेपाल भरका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको एकमात्र वैधानिक छाता संस्था तथा आस्थाको धरोहर राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सातौं राष्ट्रिय महाधिवेसन तथा १६औं वार्षिक साधारण सभा पौष ११ र १२ गते पोखरामा सम्पन्न हुँदैछ । शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रचार–प्रसार समितिले महाधिवेशनको तयारीको सम्बन्धमा जानकारी गराएको हो । राष्ट्रिय अपाङ्ग महासंघका महासचिव टिका दाहालका अनुसार देशभरका ७४ जिल्लाका झन्डै ३५० संस्थाका ८०० भन्दा बढी प्रतिनिधि र परिवेक्षकहरु महाधिवेसनमा सहभागी हुनेछन् । महाधिवेसनको सबै तयारी पूरा भएको र अधिकांस प्रतिनिधिहरु पोखरा आइपुगेको दाहाले बताइन । शनिबार विहान ८ बजे चिप्लेढुङ्गा मानव अधिकार चोकबाट प्रभातफेरी गरी सुरु गरिने उनले बताए । कार्यक्रमको उद्घाटन नेपाल सरकारका सूचना संचार तथा प्रविधि मन्त्री शेरधन राइले उद्घाटन गर्नेछन् । करिब ८०० प्रतिनिधि र पर्यवेक्षकको सहभागीता रहने महाधिवेशनले नयाँ नेतृत्व चयनसँगेै आइतबार सम्पन्न हुनेछ । वि.स.२०५० सालमा स्थापित संस्थामा सबै प्रकारका अपाङ्गता भएको व्यक्तिहरुको प्रतिनिधित्व रहने गरी अध्यक्ष सहित ३९ सदस्य कार्य समिति रहने विधानको व्यवस्था छ । अपाङ्गता अधिकार प्रासिप्तको अभियानमा कोशेढुङ्गाका रुपका रहेको यस अधिवेशनमा वर्तमान अध्यक्ष सुदर्शन सुवेदी र निवर्तमान अध्यक्ष विरेन्द्रराज पोखरेलले अध्यक्ष पदमा चुनावी मैदानमा उत्रने सम्भावना छ । अध्यक्षको अनुभव लिइसकेका दुबै उमेदवार अपाङ्गता आन्दोलनका पाका, अनुभवी र प्रिय व्यक्तित्व हुन् । दुई उमेदवारमध्ये सुवेदी लामो समयदेखि अधिवक्ता पेशामा सम्लग्न छन् । जन्मथलो पर्वत भएका सुवेदी हाल वर्दियामा बसोबास गर्दछन् । सरल व्यक्तित्वबाट सबै व्यक्तिहरुको पहुँचमा रहेका सुवेदी धेरै मानिसहरुको मन जित्न सफल असोकाफेलो समेत हुन् । गोरखा जन्मस्थान रही हाल ललितपुरमा बसोबास गर्ने पोखरेल अपाङ्गता विषयका विकास, पहुँच र नविनतम सबालहरुमा राम्रो विज्ञता भएका प्रभावशाली व्यक्तित्व भएका स्नातकोत्तरको गोल्ड मेडलिस्ट भैसकेपछि दृष्टि गुमाएका पूर्ण दृष्टिविहिन व्यक्तित्व हुन् । डि.पि.आई. एशिया प्रशान्त क्षेत्रीय उपाध्यक्ष भइसकेका छन् ।
Post a Comment