0
गोल्डेन न्यूज संवाददाता
नेपाली काङ्ग्रेस कास्कीले एक शोक विज्ञप्ति प्रकाशित गरे क्रियाशिल सदस्यको निधन प्रति दुःख व्यक्त गरेको छ। नेपाली काङ्ग्रेस कास्कीका सभापति तथा सांसद यज्ञबहादुर थापाले एक शोक विज्ञप्ति प्रकाशित गरि क्रियाशिल सदस्यको निधनले पार्टी स्तब्ध भएको जनाएको छ। आईतबार नै नेपाली काङ्ग्रेस पोखरा–१६ का कार्यवहाक सभापति गोपाल थापा, रुपाकोट–६ कास्कीका क्रियाशिल सदस्य वुद्धिबहादुर गुरुङ र कास्कीकोट गाविसका क्रियाशिल सदस्य वेलबहादुर कार्कीको निधन भएको थियो । नेपाली काङ्ग्रेसका हरेक क्रियाकलावमा सक्रिय रहेने लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निभाउने तिन कार्यकर्ताको निधनले पार्टीलाई ठूलो क्षति पुगेको छ–विज्ञप्तिमा भनिएको छ।      विज्ञप्तिमा एकै दिनमा पार्टीका तिन क्रियाशिल सदस्यको निधनले पार्टीलाई अपूरणिय क्षती पुगेको भन्दै  शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनि समवेदना प्रकट गरिएको छ।









Post a Comment

 
Top