0
गोल्डेन न्यूज संवाददाता
छैठौँ विग आईकन अन्तर्गत पहिलो चरणको अडिसन राउण्ड मंगलबार सकिएको छ । तीन दिनसम्म चलेको अडिसनबाट १ सय १२ जना गायन प्रतिभाहरु दोस्रो राउण्डको अडिसनका लागि छनौट भएका छन् । तीन दिनसम्म भएको पहिलो चरणको अडिसनमा ४२ जिल्लाका ९ सय ३ जना प्रतिस्र्धीहरुले सहभागिता जनाएका थिए । ‘बाक्लो  सहभागिताका बीच पनि हामीले तीन दिनमा पहिलो चरणको अडिसन सकाएका र्छाँै ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘चुस्त र दुरुस्त व्यवस्थापनसँगै निर्णायकहरु को सक्रियताले गर्दा पहिलो चरणको अडिसन तीन दिनमै सकाउन सक्यौँ ।’ दोस्रो चरणको अडिसन पुस ११ गते शनिबार हुने एफएमले जनाएको छ । अडिसन न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा बिहान ९ बजेदेखि हुनेछ । यो पटक विग आईकनको अडिसनमा पाँच जना निर्णायकहरुले प्रतिभा छनौट  गरिरहेका छन् । यद्यपि पहिलो चरणको अडिसनमा भने श्यामसुङ तामाङ, सुनील थापा र विनोद बाँनियाले प्रतिभाहरु छनौट गरेका थिए । दोस्रो चरणको अडिसनपछि गायकद्वय कर्णदास र विवेक श्रेष्ठ निर्णायकको भूमिकामा आउने एफएमले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट १० प्रतिभा छनौटका लागि निर्णायकहरुको शतप्रतिशत अधिकार रहनेछ । ‘यो पटक प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ ।’ निर्णायक श्यामसुङ तामाङले भने–‘पहिलो चरणको अडिसनमै हामीले निकै संभावना बोकेका प्रतिभाहरु मात्रै छनौट गरेका छौँ ।’ दुई महिनासम्म चल्ने विग आईकनको यो सिजनमा कुल १९ चरणसम्म अडिसन राउण्ड चल्नेछ ।











Post a Comment

 
Top