0
गोल्डेन न्यूज संवाददाता
१२औं लेखनाथ महोत्सब फागुन पहिलो साता हुने भएको छ । आयोजक लेखनाथ उद्योग वाणिज्य संघको मंगलवार बसेको बैंठकले महोत्सबको समय तोकेको हो । संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको महोत्सब सम्बन्धित छलफलबाट फागुन पहिलो साता गर्ने निर्णय भएपनि मिति भने पछि तय गर्ने निर्णय गरेको छ । यसअघि मंसिर २४ देखि पुस ५ गतेसम्म गर्ने भनिएको महोत्सव नाकाबन्दीको कारण देखाउँदै पछि सारिएको थियो । संघले २०६१ सालदेखि निरन्तर लेखनाथ महोत्सव गर्दै आएको छ । यस वर्ष देशको असहज वातावरण र विषम परिस्थितिका कारण पहिले तोकिएको निर्धा्रित समय तालिकामा सम्पन्न गर्न नसके पनि अवका दिनहरु केहि सहज हुदैं गएकाले फागुनको पहिलो सातामा महोत्सव गर्न सकिने निश्कर्ष निकालिएको हो ।
कार्यक्रममा लेखनाथ नगरपालिकाका कानूनी अधिकृत राममणि अधिकारी, संघका निवर्तमान अध्यक्ष बावुराम गिरी, पूर्व अध्यक्ष सुमन भट्टराई, नगर स्तरिय राजनीतिक पार्टीका प्रमुख एवं प्रतिनिधि, विभिन्न संघ संस्था, आमा समूह, युवा क्लव लगायतका स्थानीय संघ संस्थाहरुले लेखनाथको पहिचानको रुपमा रहेको लेखनाथ महोत्सव आयोजना गर्नु पर्ने र महोत्सवको तयारीका लागि आ आफ्नो स्थानवाट आवश्यक सहयोग गर्ने बताएका थिए ।







Post a Comment

 
Top