0
उच्च रक्तचाप वा हाइ ब्लडप्रेसर भन्नाले शरीरका धमनीहरुमा प्रेसर बढी हुनु हो। धमनी भनेको एक प्रकारको रक्तनली हो, जसले रगत मुटुबाट बाहिर अन्य अङ्गहरुमा लग्छ । रक्तचापको जहिले पनि माथिल्लो र तल्लो अंक हुन्छ। जस्तै १२०÷८०, १३०÷९० । माथिल्लोलाई कथकतयष्अि (सिस्टोलिक) प्रेसर भनिन्छ, जुन मुटु खुम्चिइ धमनीहरुमा रगत अगाडि बग्दा पर्ने प्रेसर हो भने तल्लोलाई
मष्बकतयष्अि (डायस्टोलिक) प्रेसर भनिन्छ, जुन मुटु फुक्दा धमनीहरुमा पर्ने प्रेसर हो। सिस्टोलिक, धमनीहरुमा पर्ने सबैभन्दा बडी प्रेसर हो भने डायस्टोलिक सबैभन्दा कम प्रेसर हो । सिस्टोलिक र डायस्टोलिक प्रेसरमा कुनै एउटा वा दुवै बढेमा उच्च रक्तचाप भएको मानिन्छ। लामो समयसम्म उच्च रक्तचाप भएमा मुटुको रोग, हार्ट अट्याक, म्रिगौलाको रोग, आँखामा समस्या आउने, मस्तिस्कमा रगत बग्ने (परिणाम स्वरुप प्यारालाईसिस) हुने सम्भावना बढेर जान्छ। त्यसैले उच्च रक्तचापको समयमै पहिचान गरी यसलाई नियन्त्रणमा राख्नुपर्छ, जस्ले गर्दा अरु अङहरुमा हुनसक्ने नराम्रो असरलाई पनि रोक्न सकिन्छ।
उच्च रक्तचाप दुई प्रकारको हुन्छ ः
१) प्राइमरी (जसलाई भ्ककभलतष्ब ि
जथउभचतभलकष्यल पनि भनिन्छ)
२) सेकेन्डरी (क्भअयलमबचथ
ज्थउभचतभलकष्यल)
सबै उच्चरक्तचापका बिरामी मध्ये ९५५ लाई प्राइमरी उच्चरक्तचाप हुन्छ। उच्च रक्तचाप, हाइ बी.पी., ब्लड प्रेसर हाइ आदि नामले यही ‘प्राइमरी उच्च रक्तचाप’ लाई बुझाउदँछ।
उच्च रक्तचाप किन हुन्छ ?
उच्च रक्तचापको वास्तविक कारण यही हो भन्ने थाहा हुनसकेको छैन। तर एउटा प्रमुख कारण वंशानुगत हो। यदि आमाबुवालाई उच्च रक्तचाप छ भने छोरछोरीलाई हुने सम्भावना बढी हुन्छ। साथै शरीरको तौल बढी हुनाले, रक्सि चुरोटको सेवन बढी गर्नाले पनि यो रोग हुने सम्भावना बढेर जान्छ।
आफूलाई उच्च रक्तचाप छ भनेर कसरी थाहा पाउने ?
प्रेसर नाप्ने यन्त्र (इसफिगमोमानोमिटर) ले प्रेसर ननापिकन प्रेसर बढी वा कम भएको थाहा पाउन सकिदैंन। उच्च रक्तचापको खराब असर अरु अङगहरुमा नपरेसम्म यो रोगको केही लक्षण देखिदैन। कसैकसैले आफूलाई प्रेसर बढेको बेला टाउको दुख्ने, चक्कर लाग्ने, वान्ता हुने हुन्छ, तर त्यो प्रेसर धेरै नै बढी भएको लक्षण हो। उच्च रक्तचापमा लक्षण देखिनु राम्रो कुरा हो, किनभने लक्षण देखियेपछि रोग सुरुकै अवस्थामा पत्ता लाग्छ। त्यसैले यो रोगलाई समयमै समाउनको लागि बेलाबेलामा आफ्नो प्रेसर जाच्ने गर्नुपर्छ।
यसको उपचार किन गर्नुपर्छ ?
लामो समयसम्म उच्च रक्तचाप भएमा मुटु, मृगौला, मस्तिस्क आदि अङहरुमा असर गर्छ । त्यसैले यी अङ्हरुलाई उच्चरक्तचापको खराब असरबाट बचाउनको लागि यसको उपचार गर्नुपर्छ। उच्च रक्तचापको उपचार गरि प्रेसर नियन्त्रणमा राख्न सकिएमा इस्त्रोक
(मस्तिस्कमा रगत बगेर प्यारालाईसिस हुनु) हुने सम्भावना ३५÷४०५ ले घट्छ, हार्ट अट्याकको सम्भावना २०÷२५५ ले घट्छ र हार्ट फेलर (मुटुले काम नगर्ने अवस्था) को सम्भावना ५०५ भन्दा बढीले घट्छ।
यसको उपचार के हो ?
औषधि खानु मात्रै यसको उपचार हैन। औषधि खाएर मात्रै यो रोगलाई जित्न सकिदैंन। यो रोगलाई हराउने केही उपायहरु ः
१) जीवन पद्धतिमा परिवर्तन (ीषभ कतथभि mयमषष्अबतष्यल)
२) प्रेसर घटाउने औषधिहरुको सेवन
३) चिकित्सकसँग नियमित स्वास्थ्य परीक्षण
१) जीवन पद्धतिमा परिवर्तन
यस अन्तर्गत विभिन्न कुराहरु जस्तै शरीरको तौल सामान्य भन्दा बढी छ भने घटाउने, खानामा नुन कम गर्ने, खानामा फलफूल, सागसबजीको मात्र बढाउने, चिल्लो पदार्थको मात्र कम गर्ने, नियमित व्यायाम गर्ने, जाडरक्सी सेवन कम गर्ने पर्दछन्। यदि शरीरको तौल सामान्य भन्दा बढी छ भने प्रत्येक १० किलो तौल घटाउदा ५÷२० मि.मि. एचजी प्रेसर कम हुन्छ। सामान्य तौल भन्नाले ‘बडी मास इन्डेक्स (द्ययमथ ःबकक क्ष्लमभह)’ १८.५÷२४.९ किलोर मिटर इस्क्वार भन्ने बुझिन्छ। आप्mनो बडी मास इन्डेक्स निकाल्न यो सूत्र प्रयोग गर्नुहोस् (तपाईंको तौल, किलोमा र (तपाइको उचाइ, मिटरमा) स्क्वार
यो निकाल्ने प्रोग्राम धेरै मोबाइलहरुमा, वेब साइटहरुमा पनि हुन्छ। जस्तै ः खानामा फलफूल, सागसबजीको मात्र बढाउने, चिल्लो पदार्थको मात्र कम गर्ने, स्याचुरेटेड तेलको मात्रा कम गर्ने गर्नाले पनि बढेको प्रेसर घटाउन र नियन्त्रनमा राख्न सहयोग मिल्छ। खानामा नुनको प्रयोग दिनमा ६ ग्राम भन्दा बडी नगर्ने, जाड रक्सीको सेवन सकेसम्म कम गर्ने, प्रतिदिन कम्तिमा ३० मिनेट छिटोछिटो हिंड्ने गर्नाले पनि प्रेसर नियन्त्रनमा राख्न धेरै सजिलो हुन्छ।
माथिका यी उपायहरु अपनाउनाले प्रेसर बढ्न नदिने, बढेको प्रेसर घट्ने, औषधी खानु नपर्ने, खाइरहेको औषधिले राम्रो काम गर्ने र उच्च रक्तचापको अरु अङहरुमा पर्ने खराब असरहरु कम हुने हुन्छ र अर्को महत्वपूर्ण कुरा यो रोग भएको व्यक्तिले पूर्णरुपमा धुम्रपान छोडेमा मुटुमा पर्ने नराम्रो असर धेरै नै घटेर जान्छ।
२) प्रेसर घटाउने औषधिहरुको सेवन
प्रेसर कम गर्ने विभिन्न औषधिहरु हामीले दैनिक खाइरहेका हुन्छांै । बढी मात्रामा प्रयोगमा आउने औषधिहरुलाई निम्न समूहहरुमा बाँड्न सकिन्छ।
क) पिसाब लगाउने औषधि (म्ष्गचभतष्अक)
ख) बिटा ब्लकर (द्यभतब द्ययिअपभच)
ग) क्यालसियम च्यानल ब्लकर (ऋबअिष्गm ऋजबललभ िद्ययिअपभच)
घ) एस इन्हीविटर (ब्ऋभ् क्ष्लजष्दष्तयच) आदि
हरेक औषधिको जस्तै यिनका पनि साइड इफेक्टहरु हुन्छन्। कुनै धेरै सामान्य तर धेरैमा देखिने हुन्छन् भने कुनै धेरै जटिल तर धेरै कममा मात्र देखिने हुन्छन्। औषधि सुरु गर्नु भन्दा अघि आप्mनो चिकित्सकसँग यी सबै कुराको बारेमा छलफल गर्नुपर्छ । साथै पत्रपत्रिका, इन्टरनेट आदिबाट आफूले खाइरहेको औषधिको बारेमा जान्ने प्रयास गर्नुपर्छ।
३) चिकित्सकसँग नियमित स्वास्थ्य परीक्षण
औषधि सुरु गर्नु मात्रै यो रोगको उपचार हैन । रुघाखोकी लागेको जस्तो केही दिनमात्रै औषधि खाएर यो रोगलाई नियन्त्रनमा राख्न सकिदैंन। किनभने यो रोग मधुमेह (चिनीरोग), दम (ब्कतजmब) जस्तै जिन्दगी भरलाई रहने रोग हो, यस्ता रोगहरुलाई मेडिकल भाशामा क्रोनिक डिजिज (ऋजचयलष्अ म्ष्कभबकभ) भनिन्छ। त्यसैले औषधि सुरु गरेपछि पनि नियमित रुपमा प्रेसर जाँच गर्ने, रगत, पिसाब जाँच गर्ने (किनकी प्रेसरका औषधिले रगत, पिसाबमा चिनी, सोडियम, पोटासियम, क्यालसियम आदि घट्बड हुने हुन्छ), इ.सी.जी गर्ने (उच्च रक्तचापले मुटु सुन्निने, मुटुको धड्कन अनियमित हुने, मुटुले राम्रोसँग काम नगर्ने हुन्छ), कम्तिमा वर्शको एकपटक आँखाको डक्टरलाई आँखा देखाउने गर्नुपर्छ।
यो रोग सम्बन्धी तपाईंको केही प्रश्न, जिज्ञासा भएमा लेख्नुहोला, म त्यसको समाधान गर्ने प्रयास गर्नेछु। साथै तपाईका अन्य प्रतिक्रिया, विचारहरुलाई पनि स्वागत छ।

ब्लड प्रेसर नियन्त्रण गर्ने प्रभावकारी घरेलु उपाय
 
अनियमित दिनचर्या र खानपानका कारण हिजोआज उच्च रक्तचाप (ब्लड प्रेसर)को समस्या सामान्य भइसकेको छ । अझ ग्रामिण क्षेत्रको तुलनामा शहरमा यो समस्याबाट पीडित हुनेहरु धेरै नै छन् । उच्च रक्तचापका बिरामीहरुलाई रिंगटा लाग्ने, काम गर्ने जाँगर नचल्ने, निन्द्रा नलाग्ने लगायतका समास्या हुन्छ । उच्च रक्तचापका कारण हृदयघात हुने सम्भावना पनि हुने हुँदा सचेत हुनु आवश्यक छ । यसर्थ केही घरेलु उपचार सावधानीपूर्वक अपनाइए उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ । निकै सावधानी र संयमपूर्वक यी उपाय अपनाएर उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुहोस् ः
नुनको कम प्रयोग ः नुन उच्च रक्तचाप बढाउन मध्ये सबैभन्दा प्रमुख कारक हो । यसर्थ सबैभन्दा राम्रो यो हुन्छ की उच्च रक्तचाप पीडितले नुनको प्रयोग कम मात्रामा गर्नुहोस् ।
लसुन ः उच्च रक्तचापको एक प्रमुख कारण रगत गाढा हुनु हो । रगत गाढा हुँदा रक्त प्रवाहमा सुस्तता आउँछ । यसले धमनी र टाउकोमा दबाब बढ्छ । लसुनको प्रयोग उच्च रक्तचाप नियन्त्रण र निको पार्न मद्दत गर्ने एक घरेलु उपाय हो । यसले रगतलाई बाक्लो हुन दिँदैन । धमनीप्रति पनि लाभदायक हुन्छ । कोलेस्ट्रोल हुने सक्ने स्थितिलाई लसुनले समाधान गर्छ ।
प्याज ः प्याजको नियमति सेवनले उच्च रक्तचापलाई नियन्त्रणन राख्छ । यदी तपाईंलाई उच्च रक्तचाप भइहाले तुरुन्त प्याज खानुहोस् । प्याज खानाले शरीरमा कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रण राख्छ । यसमा क्योरसेटिन पाइन्छ, यो एक यस्तो अक्सिडेन्ट फ्लेनेवल हो जसले मुटुको बिरामीलाई बचाउँछ । प्याज खाना र सलादको साथमा खान सकिन्छ ।
अदुवा ः प्याज र लसुन जस्तै अदुवा सेवन पनि उच्च रक्तचापका लागि निकै फाइदाजनक हुन्छ । अदुवा खानाले रक्त प्रवाहमा अवरोध हुन दिँदैन । अदुवामा धेरै ताकत दिने एन्टी अक्सिडेन्ट हुन्छ । यसको सेवनले रक्तसञ्चारलाई सुधार गर्ने काम गर्छ । धमनीको आसपासको मांसपेशीलाई आराम दिन्छ ।
कागतीको रस र तिल ः कागतीको रसले हृदयघात हुन दिँदैन । एक–एक चम्चा मह, अदुवा वा कागतीको रस पानीमा मिलाएर हप्तामा दुईतीन पटक पिउँदा उच्च रक्तचापको बिरामीका लागि निकै फाइदा हुन्छ । यस्तै तिलको सेवनले पनि रक्तचापलाई सामान्य अवस्थामा राख्छ । तिलको तेल चामलको चोक्करसँग खाएमा रक्तचापलाई नियन्त्रण गर्ने सबैभन्दा उत्तम औषधि हो ।
खरबुजाको बीऊ र आलस ः खरबुजाको बीउ भित्रको दानालाई मिसेर दैनिक साँझ बिहान एक चम्चा खाली पेटमा एक महिनासम्म खाएमा उच्च रक्तचाप रोगीलाई निकै फाइदा पुग्छ । यस्तै आलसमा अल्फा लिनानेलिक एसिड भरपूर मात्रामा पाइन्छ । यो एक प्रकारको ओमेगा ३ फाइटी एसिड हो । केही अध्ययन अनुसार जुन व्यक्तिलाई उच्च रक्तचापको हुन्छ, उसले आप्mनो आहारामा आलसको बन्दोबस्त गर्न थाले हुन्छ । यसमा कोलेस्ट्रोलको मात्रा पनि कम हुन्छ । यसको सेवनले रक्तचाप पनि कम हुन्छ ।





Post a Comment

 
Top