0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिका १३ तल्लो गगनगौडामा रहेको गोगन उच्च माविमा शिक्षकको कुटाईबाट एक छात्र गम्भीर घाईते भएका छन् । कक्षा ७ मा अध्यनरत १३ बर्षिया रुछात्र सुमित केसी शिक्षक निकेश गुरुङको कुटाईबाट गम्भिर घाईते भएका हुन् । घाईते केसीको देब्रे हातको कान्छी आंैला भाचिएको छ भने पाखुरामा गम्भिर चोटलागेको छ । बालकको औंलाको पोखराको न्यूरोडमा रहेको पद्म नर्सिङ होममा शल्यक्रिया भएको छ । बालकको अवस्था खतरा मुक्त रहेको उपचारमा संलग्न डाक्टर यज्ञमान शाक्यले जानकारी दिए । कक्षामा पढाई रहेको समयमा हल्ला गरेको भन्दै शिक्षक निकेश गुरुङले आफुलाई पोलिथिन पाईपले पिटेको पीडित छात्र के सीले बताए । शिक्षक गुरुङले पनि आफ्नो गल्ती स्वीकार्दै गरेका छन् । शिक्षक गुरुङले आफूबाट अञ्जानमा ठूलो गल्ति भरुएको बताए । शिक्षक गुरुङले बिगत ३ बर्ष देखि उक्त स्कुलमा अध्यापन गराउदै आएका छन ।






Post a Comment

 
Top