0
गोल्डेन न्यूज संवाददाता
पोखराको काजिपोखरीमा स्कुलबसको ठक्करबाट बालकको ज्यान गएको छ । टप्स वोर्डिङ स्कुल रामघाटको ग १ क १७१६ नम्बरको बसको ठक्करबाट पोखरा १५ गलेश्वर चोकमा ज्ञान ज्वति वोर्डिङ स्कुललमा अध्ययनरत ८ बर्षिय अनिस पुनको ज्यान गएको प्रहरी निरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए । विहान करिब ९ बजे घर बाहिर सडक पार गर्ने क्रममा उनलाई बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भिर घाईते उनलाई उपचारको लागि गण्डकी अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

Post a Comment

 
Top