0
गोल्डेन न्यूज संवाददाता
नेपालको पहिलो महिला महिला राष्ट्रपति विद्यादेवी भण्डारीमाथि केही दिनअघि जनकपुरमा भएको अभद्र व्यवहारको धेरै क्षेत्रबाट विरोध र भत्र्सना हुन थालेको छ । विशेष गरि नेकपा एमाले ले यसको खुलेर विरोध जनाएको छ भने मधेशवादी दलहरुले माफीनै माग्नुपर्नेमा जोड दिएको छ । यसैक्रममा  नेकपा (एमाले) विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरको जानकी मन्दिरमा आयोजित विशेष समारोहमा सहभागी बन्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि मधेसी मोर्चाका कार्यकर्ताद्वारा अमर्यादित हर्कत र लज्जास्पद प्रदर्शन गरिएको भनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमालेले आम नेपाली जनतासामु त्यस्तो क्रियाकलापप्रति खुल्लारुपले माफी माग्नसमेत मोर्चा सम्बद्ध व्यक्ति तथा सङ्गठनको ध्यानाकर्षण गराएको छ ।  एमालेका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपतिप्रति गरिएको व्यवहार बर्बर, मध्ययुगीन र असभ्यमात्र नभई अत्यन्त निन्दनीय रहेको उल्लेख छ । “यसले आधुनिक नेपाली समाजलाई मात्र कलङ्कित गरेको छैन, राष्ट्रको निर्माण र परिवर्तनको लामो सङ्घर्षमा अभूतपूर्व योगदान गर्ने सिङ्गो महिला समुदायलाई घोर अपमानसमेत गरेको छ”– विज्ञप्तिमा भनिएको छ । सो पार्टीले नेपालको सामाजिक–सांस्कृतिक रुपान्तरणका लागि सयौँ वर्षदेखि तराई मधेस, पहाड तथा हिमाली भेगका सबै नेपालीको योगदानको स्मरण गर्दै लैङ्गिक विभेदको अन्त्य गरी समतामूलक नेपाली समाजको निर्माणका निम्ति इतिहासका विभिन्न कालखण्डमा नेपाली वीर वीरङ्गनाले खेलेको भूमिका अनुकरणीय रहेको सन्दर्भमा उक्त क्रियाकलापको घोर भत्र्सना गरेको छ । 
यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरस्थित जानकी मन्दिरमा गरिएको दुव्र्यवहारको प्रयास र त्यसपछि उनीमाथि मेधसी मोर्चाका कार्यकर्ताबाट सार्वजनिक रुपमा लगाइएका लाञ्छनाप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उद्योग एवम् कार्यबाहक सूचना, सञ्चार तथा प्रविधि मन्त्री सोमप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीमाथि गरिएको दुव्र्यवहारप्रति सरकारद्वारा दुःख व्यक्त गर्दै, दुव्र्यवहार गर्ने र असभ्य लाञ्छना लगाउनेलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने जनाइएको छ ।
“अहिलेको २१औँ शताब्दीमा महिला, त्यसमाथि राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नुभएको सम्मानीय राष्ट्रपतिमाथि लगाइएको लाञ्छना असभ्यताको पराकाष्ठा, दास युगको र सामन्ती चिन्तनको उपजबाहेक केही हुन सक्दैन्”–विज्ञप्तिमा उल्लेख छ । सरकारले राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत आरक्षणको व्यवस्थाका लागि संसद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत गरी संवैधानिक रुपमै कानुनी व्यवस्था गराउन र व्यवहारमा कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रपति भण्डारीमाथि त्यसप्रकारको लाञ्छना लगाउनु खेदजनक र भत्र्सनायोग्य रहेको जनाएको छ । विवाह पञ्चमीमा राष्ट्रप्रमुख वा सरकार प्रमुख सहभागी हुने चलिआएको राष्ट्रिय परम्परालाई निरन्तरता दिने क्रममा राष्ट्रपति त्यहाँ सहभागी भएको विज्ञप्तिमा जनाइएको छ । “त्यस क्रममा उजीमाथि गरिएको दुव्र्यवहारले हामीले हाम्रा भावी पिँढीलाई कस्तो संस्कार, आचरण र संस्कृति सिकाइरहेका छौँ भन्ने स्पष्ट हुन्छ, यस्ता प्रवृत्तिले तराई मधेसको संस्कृति, परम्परा, रीतिरिवाजलाई समेत आक्रमण गरेको छ”– विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिमाथि गरिएको दुव्र्यहार एउटी महिलामाथिको मात्र नभएर सिङ्गो महिला जगतमाथिको दुव्र्यवहार हुनुका साथै यस्ता व्यवहार सरकारलाई सह्य नहुने विज्ञप्तिमा उल्लेख छ । 
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले विवाहपञ्चमीका अवसरमा जनकपुर भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड भएको बताएका छन् ।नेकपा (एमाले)प्रदेश नं ४ ले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रदेशको विकास निर्माणका लागि मुस्ताङको कोरला नाका खोलिनुपर्ने माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै  भौगोलिक अखण्डताविरुद्ध कतिपय पक्ष हिंसात्मक ढङ्गले प्रस्तुत हुन थालेकाले सरकारले त्यसलाई कानुन बमोजिम नियन्त्रणमा लिने बताए ।
प्रदेश नं ४का एमालेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र जिल्लाका पार्टी अध्यक्ष सहितको टोलीले प्रधानमन्त्रीलाई भेटी चीनसँग जोडिएको कोरला नाका सञ्चालन गर्न एवम् पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए  । 
यसैगरी नेपाल पत्रकार महासङ्घले राष्ट्रपति विद्यादेवी भण्डारी विवाह पञ्चमीका अवसरमा जनकपुरको जानकी मन्दिरमा पूजा अर्चनामा संलग्न भएको विषयलाई लिएर उनलाई लाञ्छित गरिएको र सो विषयको समाचार त्यहाँबाट प्रकाशित जनकपुर टुडे दैनिकमा प्रकाशित भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जारी गरेको विज्ञप्तिमा मानवीय सभ्यता, संस्कृति र संवैधानिक व्यवस्थाका विपरीत भएका यस्ता गतिविधि तथा पत्रकारिताको मान्य सिद्धान्त र पत्रकार आचारसंहिता विपरीत प्रकाशन, प्रसारण हुनु खेदजनक भएको जनाइएको छ ।  महासङ्घले त्यस्तो प्रकाशन प्रसारण गर्ने सञ्चारमाध्यमलाई गल्ती सच्याउन र प्रेस काउन्सिल नेपाललाई पत्रकार आचारसंहिता विपरीतका प्रकाशन प्रसारणको अनुगमन गर्न आग्रह पनि गरेको छ । 
यस्तै पुष्पलाल स्मृति प्रतिष्ठानले राष्ट्रपति जानकी मन्दिरमा आयोजित विवाह पञ्चमीमा सरिक हुन पुग्दा भएको व्यवहार र प्रयोग गरिएका आपत्तिजनक शब्दले मधेसी मोर्चाका नेता र कार्यकर्तामा रहेको सामन्ती चरित्रलाई उदाङ्गो पारेको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालको अध्यक्षतामा शनिबार बसेको साधारणसभाले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति गरिएको यस्तो असभ्य, अलोकतान्त्रिक र अस्वीकार्य व्यवहारले सिंगो महिला समुदायको घोर अपमान गरेको ठहर गर्दै घटनाप्रति मधेसी मोर्चाले मौनता साधेकामा आश्चर्य मान्दै घटनाको भत्र्सना गरेको छ ।
यता, जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अभद्र व्यवहारको विरोधमा महोत्तरीको बर्दिवास बजारमा महिलाहरूले आज प्रदर्शन गरेका छन् । अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, नेपाल महिला सङ्घलगायतका सङ्गठनले राष्ट्रपति भण्डारीमाथि जनकपुरमा भएको दुव्र्यवहारविरुद्ध प्रदर्शन गरेका हुन् । विवाह पञ्चमीको अवसरमा जनकपुर गएको बेला मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिधवा भन्दै अपमान र दुव्र्यवहार गरेका थिए । राष्ट्रपति भण्डारीमाथि भएको दुव्र्यवहारको अहिले चौतर्फी विरोध भइरहेको छ । प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य शशीकला दाहालले कुनै पनि सभ्य समाजले कल्पना गर्न नसक्ने किसिमको दुव्र्यवहार राष्ट्रपतिमाथि हुनु दुःखद् भएको बताए । उनले राष्ट्रपति माथि दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरे ।

Post a Comment

 
Top