0


गोल्डेन न्यूज संवाददाता
भूकम्प र नाकाबन्दीका कारण देशको जनजीवन अस्तव्यस्त भइरहेको बेला पोखराका युवाहरु भने मुलुकलाई प्रविधिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ सक्रिय भएका छन् । पोखराको जरेबरस्थित युवाहरुले एस के इनोभेटिभ इन्जिनियरिङ्ग शोलुसन प्रालि नामक संस्था खोलेर यो अभियान चलाएका हुन् । 
उक्त कार्यालयको शुक्रबार नेपाल प्रेस युनियन कास्की शाखाका अध्यक्ष शिरोमणि बरालले गरेका थिए । त्यस अवसरमा बोल्दै बरालले युवाहरु विदेशिनेक्रम बढिरहेका बेला युवाहरुबाटै यस्तो अभियान संचालन हुनु युवा र मुलुकका लागि महत्वपूर्ण हुने बताए । मुलुक आत्मनिर्भर हुन नसक्दा अहिलेको अवस्थाको सामना गर्नुपरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि बरालले भने–‘नेपालमा नविनतम् प्रविधिको विकास गर्नु अपरिहार्य छ।’ । उनले भने–‘युवाहरुको जागरुकताबाटै प्रविधिको विकास गरि स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्छ । स्वदेशमै केही गर्छौं भनेर लाग्ने युवाहरुलाई राज्यले सहयोग गर्नुपर्नेमा बरालले जोड दिए । 
संस्थाका म्यानेजिङ डाइरेक्टर  सञ्जयजंग कार्कीले एस के इनोभेटिभ इन्जिनियरिङ्ग शोलुसन प्रालिबाट वेव साइट डिजाइनिङ, सप्mटवेयर निर्माण, मिनि रोवोर्ट  निर्माण गर्नुका साथै नविनतम् प्रविधिको अनुसन्धान, विकास एवं सेवा प्रवाह गरिने बताए । प्राविधिक युवा अबको आवश्यकता भएको हुँदा नयाँ–नयाँ सर्वसुलभ प्रविधिलाई हामी निर्माण गर्दै जाने भएकाले हाम्रा दैनिकी प्रयोजनका कामलाई सहज र सरल बनाउन सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । नेपालमा नै बसेर केही गर्ने जोश र जाँगरको सही सदुपयोग गर्ने र युवा शक्तिहरु वैदेशिक रोजगारमा पलायन हुने अवस्थालाई कम गर्ने आफूहरुको उद्देश्य रहेको प्रमुख कार्कीले बताए।
इलेक्ट्रिकल डिपार्टमेण्ट  इन्जिनियर प्रेमराज आचार्यका अनुसार मुलुकलाई प्रविधिमा आत्मनिर्भर बनाउनका लागि अनुसन्धानमूलक गतिविधि संचालन गरिने बताए । म्याजिक वाटर पम्पिङले मोटरबाट पानी तान्ने झण्झटलाई पूर्ण रुपमा बन्द गर्ने उनले बताए । यो सिस्टम पूर्णरुपमा आटोमेटिक भएको हुँदा विजुली बत्ति कुर्नु नपर्ने र  सस्तो भरपर्दो भएको हुँदा नेपालमै यसको लोकप्रिय बढ्ने समेत उनले जानकारी दिए। एस के इनोभेटिभ द्वारा पहिलो उत्पादन गरेको वाटर पम्पिङ सिस्टम घर तथा कार्यालयमा जडान गरेमा विजुली जुनसुकै बेला आएको खण्डमा पनि आफै पानी तान्ने र ट्याङ्की भरिएको अवस्थामा अटोमेटिक पावर अफ हुने र पानी तान्ने झण्झटबाट समस्या नहुने बताइन्छ ।
त्यसैगरी अन्य नयाँ–नयाँ टेक्नोलोजी समेत भिर्याउनका लागि आफूहरु लागि परेको भन्दै आचार्यले आफूहरु विद्युत कम उपयोग गरि संचालनमा ल्याउन सकिने विद्युतीय सिस्टमको विकास गर्ने र नेपालमा मात्रै होइन विदेशमा पनि त्यतिनै लोकप्रिय समेत हुने विश्वास व्यक्त गरे । एसके इनोभेटिभमा रहेका आइटी इन्जिनियरिङको डिपार्टमेण्ट प्रमुख ई. सुवास भट्टराई, सिभिल डिपार्ट ई. सन्तोष जिसी, अमेरिकन इम्पोर्ट एण्ड एक्पोर्टमा ई.सुदर्शन कार्की रहेका छन्। संस्था उद्घाटनको अवसरमा पोखरामा पहिलो पटक संचालनमा ल्याइएको वाटर पम्पिङ सिस्टम नगद एक हजार तीन सय ३४ रुयैयाँ छुट र एसके गिफ्ट ह्यमम्पर उपहार योजना पुष ३० सम्म रहेको बताइन्छ ।






Post a Comment

 
Top