0
स्टेप वाई स्टेप उच्च मा.वि. मासवार पोखराले निम्न माध्यमिक तहका विद्यार्थीहरू बीच अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयका संंंस्थापक प्रिन्सिपल निर्मला बरालको सभापतित्वमा सम्पन्न प्रतियोगितामा कक्षा ६ र ७ का विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूमा समसामयिक विषयको बारेमा जानकारी गराउनुका साथै अतिरिक्त ज्ञानको अभिबृद्धि गराउने उद्देश्यले  आयोजित हाजिरी जवाफ प्रतियोगितामा ग्यालिलियो सदनका विद्यार्थीहरू क्रिज्मा पौडेल, सजिना गुरुङ्ग, योगेश शर्मा, अनिश पाण्डे, क्रिष्टिना पराजुली र नवीन ओलीको समूह प्रथम भएको थियो । 

त्यस्तै मार्कोनी सदनका इशान दवाडी, शाहिल श्रेष्ठ, रोशन गुरुङ, असिम सिग्देल, मनिषा चापागार्इँ र सम्झना पौडेलकोे समूह द्वितीय र न्युटन सदनका जयन्त न्यौपाने, संस्कार राज थापा, राजेश कार्की, सजित बराल, समय बराल र रजनी बरालको समूह तृतीय भएको थियो भने आइन्स्टाइन सदनको समूह चर्तुथ भएको थियो । कार्यक्रममा  विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विजयी विद्यार्थीहरूलाई बधाई प्रदान गरेका थिए। विद्यालयका अतिरिक्त कृयाकलाप इन्चार्ज जगन्नाथ घिमिरेको संयोजकत्वमा आयोजित सो हाजिरी जवाफ प्रतियोगिताको संचालन शिक्षक मेघनाथ गिरीले गरेका थिए भने शिक्षक बमबहादुर थापाले निर्णायकको भूमिका निर्वाह गरेको विद्यालयका संयोजक सूर्यप्रसाद लम्सालले जनाएका छन् ।




Post a Comment

 
Top