0
गोल्डेन न्यूज संवाददाता
उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ । ‘आत्म सम्मानका लागि आत्मनिर्भरता’ शीर्षकमा गरिएको प्रतियोगितामा विज्ञान विषयतर्फ करुणा निधि उच्च माविका छात्रा दीपिका केसी प्रथम भएकी छन् । प्रतियोगितामा सगरमाथा उच्च माविकी समिता थापा मगर द्वितीय, मदरल्याण्ड उच्च माविका सुशिल कुँवर तृतीय भएका छन् । बिज्ञान बाहेकका संकायमा न्यू लाइट उच्च माविका उपमा देवान प्रथम, स्पाइरल ग्यालेक्सी उच्च माविकी सुभद्रा तिमिल्सिना द्वितीय र माउण्ट अन्नपूर्ण उच्च माविकी इच्छा गर्वुजा तृतीय स्थान हासिल गरेकी छन् । प्रतियोगितामा विज्ञान समुहका टप्स उच्च मावि विष्णु अधिकारी, माउण्ट अन्नपूर्ण क्याम्पसका सवित्रा पौडेल र व्यवस्थापन संकायमा न्यू मोडल उच्च माविका मिलन ढुंगानाले सान्त्वना स्थान प्राप्त गरेका छन् । यस्ता कार्यक्रमबाट विद्यार्थीमा अन्तर्निहित क्षमता अभिवृद्धि हुने प्रमुख अतिथि उच्च मावि शिक्षा परिषदका उपाध्यक्ष चैतन्य शर्माले बताए । उनले विद्यार्थीको उमेर सदाचार, राष्ट्रप्रेम र सामाजिक व्यवहारका साथै अन्तराष्ट्रिय परिवेशलाई शिक्षाले आत्मसाथ गर्नुपर्ने धारण राखे । हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले शिक्षाको उद्देश्य र विद्यार्थीको अन्तर्निहित प्रतिभा फक्रिने अवसर दिनु उचित रहेको बताए । कार्यक्रममा ५८ विद्यार्थीहरुले सहभागी जनाएका थिए ।

Post a Comment

 
Top