0
हामी सबैलाई थाहा भएको कुरा हो । पोखरा आफैमा कला, साहित्य र सम्पदाले भरिपूर्ण क्षेत्र हो । यही क्षेत्रमध्ये माछापुच्छ«े आँगन र फेवाताललाई काख सम्झेर विगत १६ वर्षदेखि लडिबुडी खेल्दै एउटा नौजवान तन्नेरी बनेको साहित्यिक संस्था हो हेमजा साहित्य प्रतिष्ठान। हेमजाको माटो जति उर्वर छ, यहाँको साहित्य पनि त्यति नै उर्वर रहेको सबैलाई अनुभूत भएकै कुरा हो। किन भने पोखरेली कला र साहित्यको नाम उठाउने बित्तिकै जोडिन आउने नाम हो हिमशिखर साहित्यिक पत्रिका। जुन हेमजा साहित्य प्रतिष्ठानको वार्षिक प्रकाशन हो। हिमशिखर हेमजाको मलिलो माटोमा परेर होला निकै सप्रेको छ। माटोमा पर्नु मात्र ठूलो कुरा होइन हिमशिखरसँग जोडिएको आफ्नो प्रतिष्ठालाई जोगाई राख्न क्रियाशील रहनेहरू, सधै हिमशिखरलाई बोकेर मेला निस्कने खेतालाको उत्तिकै योगदान छ भन्दा अन्यथा नहोला।
 
प्रतिष्ठानाले हरेक महिना शुभप्रभात काव्यमाला सञ्चालन गरेर मेहफिल जमाइरहेको छ। स्रष्टा साधकहरूको साधनालाई सम्मान गरेर प्रोत्साहन र योगदानको कदर पनि गरेको छ। साथसाथै वार्षिक पत्रिका प्रकाशन गरेर साहित्यिक खेती पनि गरिरहेको छ। जसको १६ औं पुष्पमाला पाठकका हातमा पुगिसकेको छ। यस्तै हरेक वर्ष लक्ष्मी जयन्तिको अवसर पारेर हिमशिखर पत्रिकाको लोकार्पण, स्रष्टा सम्मान तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति श्रद्धासुमन गर्दै आइरहेको सन्दर्भले पनि १६ वसन्त पार गरिसकेका छन्। हेमजासँगको साहित्यिक सामिप्यताले गर्दा पङ्क्तिकारले प्रतिष्ठानको आजीवन सदस्यता ग्रहण गर्ने अवसर पनि प्राप्त ग¥यो। एउटा सदस्यका नाताले पनि होला हिजो आज साइनो गाढा भएको भान भइरहे जस्तो लाग्छ। पङ्क्तिकारले जुन समयदेखि हिमशिखरका अङ्क हेर्न थालेको हो केही भनौ धेरै पहिलादेखि नै भएको थियो। अन्ततः प्रतिष्ठानले १६ औं अंकको परिचर्चा गर्ने जिम्मा नै लगाएपछि तत्कालै केही नबोली हुँदै भएन। पत्रिकाको १६ औ अङ्क सबैले आधोपान्त पढ्न पाए पाएनन् त्यो आफ्नो ठाउँमा छ । यहाँ पत्रिका लोकार्पण समारोहमै बोलिएका केही कुरालाई भाषा मिलाएर समीक्षा बनाउने प्रयत्न मात्रै गरिएको छ। हिमशिखर पत्रिका हातमा लिनेबित्तिकै पहिला आँखा पुग्ने भनेकै पत्रिकाको आवरण पृष्ठमा हो। पङ्क्तिकारले जुन समयदेखि हिमशिखर हेर्न थालेको हो त्यो अवधिदेखि पत्रिकाको आवरण कला बिम्ब कवि रमेश श्रेष्ठले सजाउँदै आएको पाएको थियो। १६ औं अंकको आवरण पनि उनैले तयार गरेका छन्। रमेश श्रेष्ठ वर्तमान नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य तथा चित्रकला विभाग प्रमुख हुन् भने। जुन नेपाली कला र कविताको क्षेत्रमा प्रख्यात नाम हो।
 
उनी कलम र कुची एउटै रफ्तारमा उत्तिकै गुणस्तरमा दौडाउँछन्। उनका लागि जति शब्द खर्च गरेपनि कम हुन्छ। श्रेष्ठ नेपाली वाङ्मयको क्षेत्रमा आफ्ना सिर्जनाको मूल्य खोज्ने एक मानक स्रष्टा हुन्। टिकटमा एकल कविता वाचनका प्रणेता उनले झण्डै एक दशक अगाडि (२०६२ जेठ २७ गते) थालेको संगीतसहित टिकटमा कविता वाचनको शृङ्खलाले दु्रत गति लिइरहेको छ। श्रेष्ठले संगीतमा कविता सुनाएको १० वर्ष पछाडि आइपुग्दा आजसम्म अन्य दुई शृङ्खलाहरू मात्र संगीत र टिकटमा सम्पन्न भएका छन्। प्रकाश सायमीले कविता यात्रामा तीस वर्ष शीर्षकमा लेकसाइटको एक होटलमा पियानोमा कविता सुनाएका थिए। यस्तै हालसालै कविता कन्सर्ट नाम दिएर प्राज्ञ श्रवण मुकारुङ, ईश्वरमणी अधिकारी र सरस्वती प्रतिक्षाले दरबारथोकको एक प्यालेसमा कविता सुनाए। यसर्थ भन्न सकिन्छ श्रेष्ठ भविष्यलाई वर्तमानमा आँकलन गर्न सक्ने मानक स्रष्टा हुन्।
 
हालसालै उनले प्याकेजमा कविता शृङ्खला पनि सम्पन्न गरिसकेका छन्। श्रेष्ठको हालसम्म विभिन्न संघसंस्थाले नौ पटक एकल कविता वाचन गर्नुका साथै उत्तिकै संख्यामा चित्रकला प्रदर्शनीसमेत गरेका छन्। यसरी भविष्यलाई वर्तमानमा आँकलन गर्ने स्रष्टा साधकले कोरेको आवरण चित्रले हिमशिखरको उचाई बढाएको छ। सेतीको जस्तो प्रवाह र माछापुच्छे«को जस्तो अटल आस्था र निष्ठाका पुजारी श्रेष्ठको हजार जिब्रा भएका शेष नागले पनि गुनगान गाएर सक्दैनन् यसर्थ पङ्क्तिकारले जे जसरी उनको कला र साधनालाई सम्मान व्यक्त गरे पनि कमै हुन्छ। उनले बनाएको कलामा कुनै खोट लगाउने ठाउँ नै देखिदैन। जब पत्रिकाको भित्री मेलो थालिन्छ यसको साजसज्जा, व्याण्डिङ् र छपाइको काम कोहिनुर अफसेट प्रेसले गरेको छ। मध्यम गुणस्तरको कागजमा छापिएको पत्रिकाको यस अङ्कमा समावेश रचनाहरूले सबैलाई तानिरहन्छन्। अग्र, मध्य र अन्तिम गरी १५२ पृष्ठमा संरचित पत्रिकामा आख्यान र गैर आख्यान गरी १०२ स्रष्टाका लेख, रचना समावेश गरिएका छन्। जसको अग्र भागमा कविवर तेजनाथ घिमिरेको नेपाल सधैं रहन्छ शीर्षकको राष्ट्रभक्तिले ओतप्रोत भएको कविता सँगसँगै रचनाक्रम सुरु भएको छ। कविवर घिमिरे नेपाल र हाम्रा नेपाली दाजुभाइ मात्र होइन दाजुभाइले गरेका सिर्जनालाई पनि सम्मान गर्दछन् र लेख्छन्ः
नेपाली बाल्छौं शान्तिको बत्ति संसारै ब्युझाउन
युद्धको आगो सल्काउनु हुन्न भनेर सम्झाउन
नेपाली युवा युवती सारा संसार घुम्दैछौं
सिर्जनालाई सुम्सुम्याएर मुस्कान चुम्दछौं (घिमिरे, २०७२ः१) ।
 
यसै गरी पत्रिकाको रचनाक्रमको दोस्रो स्थानमा एक अन्तर्वार्ता समावेश गरिएको छ। भन्नैपर्छ, सरस्वतीका वरद पुत्र, हेमजाले उचो छाती बनाएर गर्व गर्ने नेपाली भाषा, कला, साहित्य, संस्कृति संरक्षणका क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने प्रा. मुकुन्दशरण उपाध्यायको अन्तर्वार्ता र उनले थालेको भाषा आन्दोलनलाई हिमशिखरले समावेश गरेर उहाँलाई उच्च कोटीको सम्मान प्रदान गरेको छ। स्तुत्य कामका लागि सम्पादन मण्डलमा रहने सम्पूर्णप्रति कृतज्ञता ज्ञापन गर्नैपर्छ। कृतिमा आख्यान विधातर्फ प्रा.डा. रविलाल अधिकारी, विष्णु कुमारी अधिकारी, टेकनाथ पीडित, गोविन्दप्रसाद पौडेल, शेषराज भट्टराई, धर्मराज बास्तोला, कमलजंग कुँवर, मदन भण्डारी, भरतचन्द्र गौतम र असफल गौतम गरी १० स्रष्टा साधकका निबन्ध, हास्यव्यङ्ग्य, समीक्षा, कथा जस्ता रचनाहरू समावेश छन्। यस्तै ९० जनाका गैर आख्यान विधाका कविता, मुक्तक, गीत, गजल समावेश रहेका छन्। यो एउटा वृहत आयामको पत्रिका पनि होइन तापनि विषयगत विविधताले गर्दा आम पाठकलाई पत्रिका समातेपछि छोड्न मन लाग्दैन । प्रायः पत्रिका तथा कृतिमा समावेश आख्यान विधाका रचनाहरू लामा हुँदा बेर्फुसदिला पाठकले आफ्नो रचना पढेपछि अरुका रचना नहेर्ने गरेको पाइन्छ तर हिमशिखर १६ त्यो दोषबाट मुक्त रहेको छ जहाँ समावेश गरिएका निबन्ध, समीक्षा, कथा लामो आयामका छैनन्। यो यसको सवल पक्ष हो। यसैगरी आफू जन्मेको र हुर्केको भूमी सबैभन्दा प्यारो भूमी हो। जसप्रति नमन गर्नु हाम्रो कर्तव्य र दायित्व पनि हो। त्यसैले हेमजामा जन्मेर हाल अष्टे«ेलियामा रहेको निष्प्रभ सजी हुन (पृ.४१)। जापान रहने सन्दीप तिम्सिना (पृ.६०) या शिवप्रसाद पौडेल (पृ.११४) हुन्। अमेरिका रहने सुरेन्द्र बास्तोला (११८) या भारतको बैंगलोर रहेका निरञ्जन कार्की (पृ.८७) हुन्। उनीहरू जहाँ रहेपनि जन्मभूमीको माटोमा उब्जेको वृक्षमा यसरी फल लाग्नु पत्रिकाको अर्को सवल पक्ष हो। जुन कृतिमा देशभित्रका कास्की आसपास मात्र होइन, तनहुँ, स्याङ्जा, लमजुङ, पर्वत, चितवन, कपिलवस्तु, नुवाकोट, ललितपुर, विराटनगर र इलामसम्मका स्रष्टा साधकका रचनाले स्थान पाएका छन्। कृतिको पृष्ठ ६९ मा सावत्री गौतमको दाजुबहिनीको संवादात्मक मुक्तक दोहोरी समावेश छ। जहाँ विवाहिता चेलीले आफ्ना माइती लिन नआएको गुनासो मुक्तकका माध्यमबाट पोखिएको देखिन्छ। यस्ता धेरै पत्रिकाको सवल पक्षहरू रहेका छन्।
 
पत्रिकाका धेरै राम्रा पक्षहरू हुँदाहुँदै केही कमजोर पक्ष पनि रहेका छन्। त्यसबारेमा केही भन्नैपर्ने हुन्छ। हुन त अधिकांश मान्छेहरू कमजोरी औल्याउँदा पनि सुध्रदैनन्। उनीहरू रचनात्मक आलोचनालाई स्र्वकार्नुको सट्टा झुट्टा खाले प्रशंसामा वर्बाद हुने बाटो रोज्छन् तर हिमशिखर १६ सम्पादन समितिका पदाधिकारी रचनात्मक कमजोरीले सुध्रने छन्। पत्रिकामा भएका व्याकरणिक त्रुटिका बारेमा मेरो भन्नु केही छैन, अहिले व्यक्तिपिच्छेका व्याकरण आएका छन् तर सुधार्नैपर्ने केही त्रुटिहरू कम्प्युटर टाइप र सेटिङमा भएका छन्। पत्रिकाको पृष्ठ ३ मा नेकशुलेलाई कमाले बन्द गरेको होला कतै डटडट देखिएको छ, कतै तर्कुले बर्धाले झुण्डिएको छ। पृष्ठ ६ मा माथि सरुभक्त ठीकै लेखिएको छ पुछारमा गलत, पृष्ठ ७ मा रविलाल अधिकारीको लेखमा पनि त्यस्तै त्रुटिहरू पाइन्छन्। उनको नाम अगाडिको प्रा.डा. नै छुटेको छ। यस्तै पृष्ठ  १२, १६ मा पनि त्रुटि देखिन्छ। जनादर्नशरण त्रिपाठी हुनुपर्नेमा नाम थर दुवै बिग्रेको लगायत सामान्य त्रुटिहरू देखिन्छन्। यस्तै पृष्ठ ६०, ८६, ९५, १०१, १२९, १३७ पृष्ठहरूमा लेखकका नाम, थर र ठेगानामा त्रुटि भएको पाइन्छ। यसरी त्रुटि देखिनुका दुई कारण छन्। एक सम्पादन मण्डलका साथीहरूले प्रयाप्त समय दिन नसक्नु। अर्को टाइप र सेटिङ गर्ने व्यक्तिको गैह्र जिम्मेवारी तथा गैह्र साहित्यिक पन। अलिकति व्यवसायिक टाइपिष्ट भएको भए नाम, थर र ठेगानामा सामान्य त्रुटि हुने थिएनन्। यस्तै पत्रिकाको सिरानामा पनि हिमशिखर पुच्छारमा पनि हिमशिखर पृष्ठ पिच्छे राख्दा अलि भद्दा देखिएको छ। यी सामान्य त्रुटिलाई पनि पत्रिकाका गुणहरूले ओझेलमा पारिदिएका छन् तापनि आगामी अङ्कहरू अझै उत्कृष्ट बनेर आउनु वर्तमानको आवश्यकता हो । अन्तमा प्रत्येक शब्द–शब्दलाई औजारको रुप देख्ने शिव खेराले भनेका छन्, जित्नु र अघि बढ्न खोज्नु मानवीय स्वभाव हो। त्यसो भन्दैमा निष्ठासँग सम्झौता गरी–गरी गलत बाटो लिनु उचित होइन, गलत बाटाले ल्याएको स्याबासी र पुरस्कारले वास्तविक खुसी दिदैन। एउटा असल मान्छे बन्नु भन्दा ठूलो पुरस्कार जीवनका लागि अरु केही हुन सक्दैन। त्यसैले हिमशिखर सम्पादन समितिमा बसेका साथीहरू हरेकले आफू एउटा असल मान्छे बन्ने सपना देख्नुस् यसैमा सबैको कल्याण हुने छ।

Post a Comment

 
Top