0
गोल्डेन न्यूज संवाददाता
कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ सिक्लेसका जेष्ठ नागरिक योरो टु ल्हौरी तमुको १०१आंै जन्मत्सोत्वसको अवसरमा उक्त गाउँमा निःशुल्क आँखा जाँच गरिएको छ । गाउँकै जेष्ठ नागरिक समाजसेवी योरो टु ल्हौरी तमु (गुरुङ) को परिवारको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखरा र नेत्रज्योति संघ कास्कीको प्राविधिक सहयोगमा सिक्लेसको सात गाउँमा सो शिविर संचालन भएको सो शिविरमा २ जनाको निःशुल्क आँखा जाच गरिएको थियो । 
अस्पतालका नेत्र अधिकृत गोविन्द बडुका अनुसार ३६ जनामा मोतिबिन्दु भएको फेला परेको छ । यसैगरी ८२ जनालाई चश्मा लगाउनु पर्ने र ३ जनाको आँखा नेदेख्ने र बनाउन पनि नमिल्ने अवस्था भेटिएको उनले बताए । चश्मा र औषधि निःशुल्क वितरण गरिएको थियो । मोतिबिन्दुका बिरामीलाई ६ महिनापछि पुनर्जाँच गरी शल्यक्रिया गर्नुपर्ने उनले बताए । 
आँखा शिविरबाट बालबालिकादेखि बृद्धबृद्धासम्म लाभान्वित भएको शिविर संयोजन गरेको सिकलेस युवा क्लबका अध्यक्ष देवीजंग गुरुङले बताए । गाउ विकासकालागि बाटो, स्कुल, स्वास्थ्य चौकी लगायत अन्य सामाजिक कार्यमा  विभिन्न तबरबाट सहयोग गर्दै आएका योरो टु ल्हौरीले यतिबेला गाउमा आखा शिविर लाने इच्छा राखेपछि शिविर संचालन गरेको लौरीका जेठा छोरा बलबहादुर  गुरुगंले जानकारी दिए । हेलिकप्टरबाट गाउँमा उत्रिएका लौरीको स्थानियले भब्य स्वागत गर्दै जन्मदिनको शुभकामना दिएका थिए भने लौरीले गाउको विकासका लागि सबैलाई जुट्न आग्रह गरेका थिए ।










Post a Comment

 
Top