0
गोल्डेन न्यूज संवाददाता
साफ च्याम्पियनसिप २०१५ को लिग चरणबाट आइतबार बाहिरिएको छ । समूह ‘ए’ को लिग चरणको अन्तिम खेलमा नेपाल भारतको हातबाट ४–१ ले पराजित रह्यो । नेपाललाई सेमिफाइनल प्रवेशका लागि भारतविरुद्धको यो खेल जित्न आवश्यक थियो । नेपाल पहिलो खेलमा श्रीलंकासँग पराजित रहेको थियो । लगातार दोस्रो जितसँग भारत समूह विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनल मा प्रवेश गरेको छ । भारतको छ अंक भएको छ । नेपालको हारले श्रीलंकाको अन्तिम चारको यात्रा पनि तय भएको छ । उसको तीन अंक छ । नेपाल भने शून्य अंकमा रह्यो । सन् २०११ र २०१३ को साफ च्याम्पियनसिपमा सेमिफाइनल पुगेयता नेपाल यसपल्ट लिग चरणबाटै बाहिरिएको हो । नेपालले तेस्रो मिनेटमा गोल गर्दै राम्रो सुरुआत लिएपनि त्यसलाई कायम राख्न सकेन । विमल घर्तीमगरले भारतीय गोलरक्षाक सुबर्तो पउल बिट भइसकेको स्थितिमा गोल गरेका हुन् । नवयुग श्रेष्ठको प्रहार पोस्टमा ठोकिएर फर्केपछि त्यसैमा विमलले गोल गरेका हुन् । यससँगै नेपाली टिमका लागि लगातार ११ खेलमा गोल नभएको शृङ्खलामा पनि पूर्ण विराम लागेको छ । नेपालले अन्तिम पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतविरुद्ध अन्तिम पटक गोल गरेको थियो । विमलको गोल एक हजार तीन मिनेटको अन्तरमा प्राप्त भएको हो । भारतको तर्फबाट २६ औं मिनेटमा रोलिन बोरगेसले बराबरी फर्काएका थिए । भारतको दोस्रो गोल भने कप्तान सुनिल क्षेत्रीको नाममा रह्यो । उनले ६८ औं मिनेटमा सम्भव भएको थियो ।खेलको अन्त्यतिर लालिनजुवाला छन्टेले दुई गोल थपे । उनले ८१ औं मिनेटमा आफ्नो पहिलो गोल गरे भने उनको दोस्रो गोल ९० मिनेटमा सम्भव भएको थियो ।









Post a Comment

 
Top