0
गोल्डेन न्यूज संवाददाता
शुक्रवार ११ बजेतिर संसद सचिवालयको क्यान्टिमा केही कर्मचारीहरु चिया पिउदै थिए । त्यहाँ एक जनाले कुरा उठाए एमाले सभासद् रवीन्द्र अधिकारीको । ‘हैन यो रवीन्द्रले के–के नाटक गर्छ भनेको ? प्रचारमा आउने र भत्ता पचाउने बाहेक अरु काम गर्न आउँदन कि क्या हो यसलाई ?’ ति कर्मचारीले यति भनेपछि अर्कोले थपे,–‘अस्ती अर्काको पनि त्यस्तै नाटक गरेको समाचार आएको थियो । अमेरिकी आइएनजिको क्लाल लिन २३ जना माननीय बोकेर चिवतनतिर हानिएको रहेछ ।’ अर्का कर्मचारीले प्रश्न उठाएका पात्र रहेछन् कांग्रेस सांसद गगन थापा ।
 
संसद सचिवालयका कर्मचारीले यो तहको आलोचना गर्नेगरि आखिर रवीन्द्र अधिकारीले गरेका थिए के ? केही दिन यता अधिकारी सभापति रहेको संसदको विकास समितिको तामझामलाई लिएर कर्मचारीले आलोचना गरेका रहेछन् । विगत केही दिन यता अधिकारीको नेतृत्वमा संसदको विकास समितिमा सदस्यहरुले रसुवाको रसुवागढी र मुस्ताङको कोरला नाकाको स्थलगत भ्रमण गरेको थियो । समितिले केही दिन अगाडि रसुवागढी नाकाको अवस्थावारे सभामुखलाई प्रतिवेदन नै बुझाएको थियो । प्रतिवेदनमा रसुवागढी नाका खोल्न सकिने उल्लेख छ । त्यसपछि यो समितिले मुस्ताङको कोरला नाकाको स्थगलत भ्रमण गरेको थियो । समितिले छिमेकी चीनसँग जोडिएको कोरला नाका खोल्न प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएको ङको कोरला नाकाको स्थगलत भ्रमण गरेको थियो । समितिले छिमेकी चीनसँग जोडिएको कोरला नाका खोल्न प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएको छ । संसदको विकास समितिले गरेको यी दुई भ्रमणको विषयलाइए लिएर संसद सचिवालयको क्यान्टिनमा कर्मचारीहरुले समितिका सभापति अधिकारीको आलोचना गरेका थिए ।
‘भूकम्प पीडितले न्यूनतम सुविधा नपाएको तथा देश आर्थिक रुपमा संकटमा पर्दै गएका बेला दलबलसहित संसादहरु हिडनु उचित होइन ।’ ति कर्मचारीले भने,–‘ल भन्नुस् त यो भत्ता पचाउने बाहेक अरु के काम हो ।’ उनका अनुसार संसदको विकास समितिले हरेक वैठकमा सरकारलाई आधा दर्जन भन्दा बढी सुझाव र निर्देशन दिँदै आएको छ । ‘तर, यो समितिले दिएको निर्देशन सरकारले पुरा गर्यो भन्ने एउटा पनि उदारण छैन ।’ ति कर्मचारीले सुनाए,–‘अहिले रसुवागढी र कोरला नाका खोल्न सुझाएका छन् । अब के एक–दुई दिनमा ति नाका खुल्छन त ?’
 
प्राविधिक विषयमा आधारभूत जानकारी समेत नलिइ संसदको विकास समितिले दुई नाका खोल्न सकिने प्रतिवेदन बुझाएको रातोपाटीमा खबर छ । पोखरादेखि बेनीसम्म कालोपत्रे सडकपछि एक सय ६७ किलोमिटरमा मुस्ताङ र तिब्बतको कोरला नाका छ । विकास समितिले जोमसोमदेखि कोरलासम्मको एक सय किलोमिटर सडकलाई दुई लेनको बनाउन सरकार र सडक विभागलाई निर्देशन दिने भ्रमण दलमा सहभागी सांसदहरुको तयारी छ । भूकम्पपछि सरकारले खर्च कटौटीको नीति ल्याएको थियो । सांसदहरु यसरी विभिन्न नाममा भ्रमणमा निस्कँदा उनले खान बस्ने सुविधासहित भ्रमण भत्ता समेत पाउँछन् । ‘यस्तो अवसर उपयोग गर्ने मामलामा सांसदहरु एकै ठाँउ देखिन्छन् ।’ संसद सचिवालयका एक कर्मचारीले बताए । त्यसो त यो समितिले पूर्व सभामुख सुभास नेम्वाङको निर्देशन समेत अवज्ञा गरेको थियो । नेम्वाङले संसदका सवै समिति सभापतिलाई सकेसम्म बिहान वैठक नराख्न निर्देशन दिएका थिए । विहान बस्दा नास्ता र खानाको समते खर्च उठने भएकाले वैठक दिउँसो राख्न नेम्वाङले निर्देशन दिएका थिए । तर, अधिकारी सभापति रहेको विकास समितिको वैठक भने प्रायः जसो विहानै बस्दै आएको थियो ।


Post a Comment

 
Top