0
पोखरा–१८ काजिपोखरीमा रहेको कालिका बहुमुखी क्याम्पसले विविध कार्यक्रम गर्दै रजत जयन्ती मनाउने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख बालाकृष्ण शर्माले २४ वर्ष सफलता पूर्वक पारसकेको अवसरमा २५ औं वर्षको विविध कार्यक्रम सार्वजानिक गरे । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सन्तबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा रजत जयन्ती मनाउन सञ्चालक समितिका अध्यक्ष सुर्यबहादुर के.सी.को अध्यक्षतामा १ हजार १ सदस्य मुल आयोजक समिति र अन्य १७ वटा विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी दिइयो । रजत जयन्तीको अवसरमा क्याम्पस परिसर सरसफाइ तथा मर्मत सम्हार सकिएको जानकारी दिँदै निवन्ध प्रतियोगिता, भलिवल, टेवल टेनिस, व्याटमिन्टन, लङजम्प प्रतियोगिता गर्ने तयारी भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । रजत महोत्सव सुभारम्भको पूर्वसन्ध्यामा क्याम्पसले पुस ११ शनिवार विहान ८ वजे प्रभातफेरी कार्यक्रम गर्ने भएको छ ।  रजत महोत्सवको अवसरमा क्याम्पसले खुल्ला रक्तदान, बृक्षरोपण, स्मारिका प्रकाशन, सिनेटर अभिबृद्धि तथा अक्षयकोष स्थापना, नेगी पुस्तकालयको समुद्घाटन जस्ता रचनात्मक कार्यगर्ने क्याम्पसले जनाएको छ । मुल समितिको अतिरिक्त रजत जयन्ती भब्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरीएको प्रचार उपसमितिका संयोजक एवं प्राध्यापक संघका कावा सभापति रवीन्द्र बाँस्तोलाले जानकारी दिए ।

Post a Comment

 
Top