0
गोल्डेन न्यूज संवाददाता
१०आंै बिटी कप सेभेन ए साइड फुटवल प्रतियोगिता शनिवारदेखि शुरु हुने भएको छ । पोखरा १ बगर पुरानो टँुडिखेलमा रहेको बुद्धटोल युवा क्लवले अयोजना गर्न लागेको १०औं सेभेन ए साइड फुटवल आजदेखि पुस १० गते सम्म पोखराको टँुडिखेलमा सञ्चालन हुने छ । कुल २८ टीमले सहभागिता जनाउने प्रतियोगिताको पहिलो खेल आयोजक बिटी ब्ल्यू र कल्पेश्वर फेदीको टीम बिच हुने प्रतियोगिता संयोजक प्रदिप राइ (दारसिङ दाई)ले जानकारी दिए । प्रत्येक वर्ष सेभेन ए साइड फुटवलको विकास र खेलकुदको माध्यामबाट भाइचारा सम्वन्ध सञ्चालन गर्ने उद्देश्यले सञ्चालन हुदै आएको सेभेन ए साइड फुटवल अन्तर्गत यस वर्ष १०आंै संस्करणको प्रतियोगिता सञ्चालन गरिएको क्लवका अध्यक्ष अरुण गुरुङले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख १ हजार १११, शिल्ड, मेडल र प्रमाण पत्र र द्वितीय हुनेलाई ५५ हजार ५५५, सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा क्वाटर फाइनल देखि प्रत्येक खेलमा म्यान अफ दि म्याच, खेल भरकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्टर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोल किपरलाई विशेष पुरस्कारले सम्मान गरिने छ । प्रतियोगिताको शनिवार दिउसो एक बजे सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) जानकीराज भट्टराइले उद्घाटज गर्ने आयोजकले जनाएको छ ।





Post a Comment

 
Top