0
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको आगामी महाधिवेशनमा सभापतिको लागि आफूले उम्मेदवारी दिने सुनिश्चित भैसकेको खुलासा गरेका छन् । नेपाल प्रेस यूनियन पर्वत शाखाले बुधबार कुश्माबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले पार्टीले के भन्छ भन्दा पनि आफ्नो निर्णय आफँै गर्ने भएकाले मेरो उम्मेदवारी रोकिँदैन । उनले अहिलेसम्म आफुले सुशील कोइराला र शेरबहादुर देउवा पक्षबीच मध्यस्थता गरेको बताउँदै अब आफ्नो निर्णयबाट पछि नहट्नेसमेत ठोकुवा गरे ।     उपसभापति पौडेलले समयको माग र पार्टीको आवश्यकतालाई हेरेर आफुले उम्मेदवारी दिने निर्णय गरिसकेको बताउँदै अहिलेसम्म पार्टीलाई गरेको योगदानका कारण आफ्नो जीतसमेत सुनिश्चित रहेको पनि दाबी गरे । अर्को प्रसङ्गमा पौडेलले वर्तमान समस्याको निकासको बिन्दु भनेको नेपाली काँग्रेसले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावनै भएको बताए । उनले उक्त प्रस्तावमाथि छलफल गरेर निर्णय लिने वित्तिकै मधेसको समस्या समाधान हुने पनि बताए ।    ‘संसदबाट त्यसलाई पारित गराँै, समस्या तत्काल समाधान हुन्छ,’ उनले भने । उपसभापति पौडेलले मधेसवादी दललाई दशगजा छाडेर वार्ताको टेबुलमा आउन आग्रह गरे । उनले दशगजामा बसेर नाका रोक्दैमा समस्याको समाधान हुनेवाला छैन, दशगजा छाडेर वार्तामा आउनुहोस् त्यहीँबाट निकास निस्कन्छ,–उनले भने । पौडेलले मधेसमा गएर संविधानका अन्तरवस्तुबारे जानकारी गराउन नसक्दा समस्या भएको बताए । उनले संविधानसभाले निर्माण गरेको अहिलेको संविधान दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गर्दै एकदुई जनाको विचार नसमेटिँदैमा संविधान अपुरो र जनमुखी छैन भनेर भ्रम नछर्न मधेसवादी दललाई चेतावनी पनि दिए। पौडेलले वर्तमान समस्याको समाधान गर्न नेपाली काँग्रेसले नै अग्रसरता देखाएको बताउँदै समस्याको समाधानकै लागि आफ्नै नेतृत्वको सरकार हुँदा संशोधन प्रस्ताव दर्ता गरेको बताए । उनले केपी ओलीसँग प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्न कोइरालाले उम्मेदवारी दिनुलाई लोकतान्त्रिक प्रकृया भएको बताउँदै उम्मेदवारी दिँदैमा काँग्रेस अन्तर्राष्ट्रिय नहुने पनि बताए ।  पौडेलले आम नेपालीलाई संविधानका बारेमा जानकारी गराउने उद्देश्यले ‘कस्तो बन्यो संविधान, अब सुरु गराँै एकताको अभियान’ देशव्यापीरुपमा सञ्चालन गर्ने जानकारी दिँदै आपूm त्यसैको सिलसिलामा देश दौडाहामा निस्किएको पनि बताए । रासस






Post a Comment

 
Top