0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रको केन्द्रिय तहको राष्ट्रपति र सभामुखमा महिलाले प्रतिनिधित्व गरे जस्तै कास्कीको लेखनाथ नगर पालिका वडा नं ४ को बाटो निर्माण उपभोक्ता समितिमा सवै महिलाहरुको मात्र प्रतिनिधित्व गराई उदाहरणीय कार्य गरेका छन्। महिलाहरुलाई पनि विकास निमाणका काममा अग्रसर गराउनु पर्छ भन्ने मान्यताले सानी खम्की रिठाघाट मुख संरक्षण तथा साहु चौतारादेखि नयाँ चौतारा बाटो निर्माण उपभोक्ता समितिमा महिलालाई मात्र राखि उपभोक्ता समिति गठन गरिएको हो। समितिमा महिलाहरु रहेपनि स्थानीय तहमा सवैले सहयोग गर्ने प्रतिवद्धताका साथ गठन गरिएको समितिको अध्यक्षमा विष्णुमायाँ बस्ताकोटी, सचिबमा नारायणी अधिकारी र कोषाध्यक्षमा दुर्गा बस्ताकोटी रहेका छन् भने समितिको सदस्यमा लक्ष्मी विक, कृष्ण आचार्य, रमा बराल र सुमित्रा वस्ताकोटी रहेकी छन् । गाउको विकासका लागि सामुहिक र साझा भावनाले अगाडि वढै भन्ने उद्देश्यका साथ भएको आम उपभोक्ताहरुको भेलाले हेमराज बरालको संयोजकत्वमा अनुगमन समितिको समेत गठन गरेको छ जसको सदस्यमा सूर्यराज बस्ताकोटी, मनोहरि बराल, लक्ष्मी तिमिल्सेना र सुजन भण्डारीलाई चयन गरेको छ। स्थानीय समाजसेबी हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगरपालिका बडा नं ४की सामाजिक परिचालिका सावित्री तिवारीले सहजिकरण गरेकी थिईन।




Post a Comment

 
Top