0
हेमजा गौरी शंकर खेलकुद मैदान गैरीलाई व्यवस्थित गर्नका लागि यहाँका स्थानीयबासी जुटेका छन् । खेलकुद मैदानलाई व्यस्थित वनाउदै त्यस स्थानमा मञ्च निर्माण गर्नका लागि हेमजा युनाईटेडका सल्लाहकार इन्द्रप्रसाद त्रिपाठीको अध्यक्षतमा एक समिति गठन गरिएको छ। हेमजा युनाईटेले शनिबार आयोजना गरेको भेलाले हेमजा गौरीशंकर खेलमैदान तथा मञ्च निर्माण समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा झुलेन्द्र कुँवर, सचिवमा प्रेमबहादुर कुँवर, कोषाध्यक्षमा इन्द्रबहादुर कुँवर तथा सदस्यहरुमा खिमलाल तिमिल्सिना, महादेव सापकोटा(वसन्त), सन्तोष पौडेल, धर्मेन्द्र कुँवर र बुद्ध कुँवर रहेका छन् । त्यसैगरि समितिको सल्लाहकार विशालजंग कुँवर, विजय केसी, डबलबहादुर कुँवर, ह.टेकबहादुर कुँवर, लोकेन्द्रबहादुर कुँवर, भीमप्रसाद श्रेष्ठ, ईश्वरी प्रसाद वाँस्तोला, प्रकाशचन्द्र सापकोटा, माधवशरण पौडेल, अम्मरबहादुर कुँवर र कृष्ण थापा रहेका छन् । समितिले जिल्ला खेलकुद विकास समिति, जिल्ला विकास समिति कास्की, पोखरा उपमहानगर पालिकाका सग समन्वय गरि खेलमैदानको पूर्वाधार विकास गर्ने छ। उक्त मैदानमा मञ्च निर्माणका लागि हेमजा युनाईटेडले २०७२ सालको नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको शुभकामना कपमा विकास समिति सभापति तथा सांसद रविन्द्र अधिकारीले शिलन्यास गरिसकेका छन् । उनले शिलन्यासका क्रममा मञ्च निर्माणका लागि सक्दो सहयोग गर्ने वचन समेत दिएका थिए। हेमजा युनाईटेडले गरेको शुभकामना कपमाबाट वचेको केहि रकम खेल मैदान व्यवस्थापना खर्च गर्ने जनाए अनुरुपम निमार्ण कार्यमा सहयोग गर्ने अध्यक्ष विजय केसीले जानकारी दिए । कास्की जिल्लाकै वैकल्पिक खेल मैदानको रुपमा यस खेल मैदानलाई लिन सकिने भएकोले यसलाई व्यवस्थित गर्नका लागि सवै सग सहकार्य गर्ने छुसमितिका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले भने–यो कार्यमा सवैको सहयोग पाउने विश्वास लिएको छु। यस खेलमैदानको पूर्वाधार विकास गर्नका लागि यस क्षेत्रमा काम गर्ने संघ सस्थाहरु प्नि सकारात्मक देखिएका छन् ।







Post a Comment

 
Top