0
गोल्डेन न्यूज संवाददाता
कास्की पोखरा हस्तकला संघ र पोखरा उद्योग वाणिज्य संघ घरेलु तथा साना उद्योग प्रवद्र्धन उप–समितिको संयुक्त आयोजना र रेडियो जननीको समन्वयमा मकैको खोस्टाद्वारा फूल बनाउने तालिम आइतबार देखि सुरु भएको छ । तालिमको प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जिव बहादुर कोइरालाले तालिमका लागि आवश्यक पर्ने सामाग्री प्रशिक्षक अन्नपूर्ण हस्तकला उद्योगका प्रोपाइटर नुजिलज कंसकारलाई हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । कोइरालाले महिलाहरु अरुको भरमा नबसिकन आफू स्वयं आफनो सीपबाट आम्दानी गर्न सकेमा समाजमा महिला र पुरुषहरुको स्तर समान हुने बताए । कोइरालाले तालिममा सहभागीहरुलाई तालिम सिकेर व्यवसायिक हुँदै प्रशिक्षक बन्न आग्रह गरे । उनले समाज रुपान्तरण गर्न महिलाको ठूलो भूमिका हुने भएकाले महिलाहरुलाई आत्मनिर्भर बनाउने यस्ता खालका तालिम निकै जरुरी रहेको बताए ।  कास्की पोखरा हस्तकला संघ तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले कार्यक्रमको बारेमा प्रकाश पादै आर्थिक समृद्धिका लागि उद्यमशीलता आजको आवश्यकता भन्ने मूल नाराका साथ हस्तकलालाई अगाडि बढाएको बताइन । भट्राईले उद्यमशीलतामा अगाडि बढ्न सकेमा आर्थिक उन्नती हुने स्पष्ट पारिन । उनले महिलाहरुमा उद्यमशीलतामा लाग्न प्रेरणा मिलोस् भनेर तालिमको आयोजना गरिएको जानकारी दिइन ।
रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीले तालिममा सिकेका कुरालाई कसरी व्यवसायिक रुपमा लैजानुपर्नेमा जोड दिंदै सिकेका कुरालाई व्यवहारमा उर्तानु आग्रह गरिन् । 
पोखरा उद्योग वाणिज्य संघका सल्लाहकार तथा मानार्थ सदस्य सुरेश कुमार राजभण्डारीले महिलाहरु चुलो चौकोमा मात्र सीमित नभइ उद्यमशिलतामा लाग्नुपर्ने बताए । कलाकार तथा कास्की पोखरा हस्तकला संघका सदस्य मिलन शेरचनले आफूमा भएको क्षमतालाई बाहिर ल्याउनका लागि उचित स्थान चाहिने भएका कारण त्यो वातावरण संघले तयार पारेकाले त्यसको महत्व बुझ्नुपर्नेमा जोड दिइन। पोखरा–७ रत्नचोक स्थित ढाँड आमा समूहको व्यवस्थानमा ७ दिनसम्म चल्ने तालिममा २३ जना महिलाहरुको सहभागीता रहेको छ । तालिमको सहयोगी संस्थाहरुमा पोखरा उपमहानगरपालिका, नेपाल हस्तकला महासंघ काठमाडौं÷ पद्यमावती हस्तकला उद्योग रहेका छन् । कास्की पोखरा हस्तकला संघ तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रमको ढाँड आमा समूहका कार्यवाहक अध्यक्ष हरिदेबी कार्कीले समापन गरेका थिए भने संघका सचिव सीता गुरुङ्गले कार्यक्रमको संचालन गरेकी थिइन ।







Post a Comment

 
Top