0
तमु ल्होसारको अवसरमा आयोजना गरिएको कंग्युर पाठमा भक्तजनहरु आउने क्रम शुरु भएको छ । पोखरा १० बुद्धशान्तिमार्गमा रहेको टांसी छ्योएलिङ (गोपाल गुम्बा) मा आयोजना गरिएको १५ औ संस्करणको कंग्युर पाठ तथा तोनागघोसुम पूजाको दोश्रो दिन सम्म आइपुग्दा पूजामा सहभागी हुन भक्तजनहरु आउने क्रम शुरु भएको छ । १० दिन सम्म जारी रहने पूजामा विशेष गरी तमु जातिहरुको नया वर्ष ल्होसारको  अवसरमा भेडा वर्गको बिदाई र बांदर बर्ग टेल ल्हो लाई स्वागत गर्दै आफ्नो वर्ग फिर्ने र जाने वेलामा विभिन्न कष्टहरु आइपर्ने भएकाले त्यसको ग्रहशान्तिको लागि कंग्युर पाठमा भक्तजनहरु आउने गरेको गुम्बाका लामा गुरु उर्गेन तमुले जानकारी दिए । 
हरेक वर्षको ल्होसारमा एउटा ल्होको बिदाई र नया ल्होको स्वागत गरी कंग्युर पाठ र तोनागघोसुम पूजामा सहभागी भइ वर्षभरिमा आफु र आफ्नो परिवारमा कुनैपनि कष्ट आइनपरोस भनि भक्तजनहरु ले सहभागतिा जनाइरहेको जजमानको गुरु लोपेन पेमा दोर्जेले वताए । विश्वमा घटिरहेको हत्या, हिंसा र आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस, वर्तमान असहज परिस्थिति, अन्त्य भइ दिगो शान्ति स्थापना होस र गत वैशाखमा आएको भूकम्प तथा बाढीपहिरोमा परेर मृत्यु भएकाहरुको आत्माले शान्ति पाओस भन्ने कामना गर्दै यो वर्ष १५आंै संस्करणको कंग्युर पाठ तथा ग्रह शान्ति तोनाग घोसुम पूजाको आयोजना गरिएको गुम्बाले जनाएको छ ।





Post a Comment

 
Top