0
गोल्डेन न्यूज संवाददाता
पूर्व कर्मचारी सेवा परिषद नेपाल कास्की शाखाको आयोजनामा राष्ट्र निर्माणमा पूर्वराष्ट्रसेवकहरुको भुमिका बिषयक क्षेत्रीय कार्यशाला गोष्ठी तथा ११ औं साधारण सभा एवं छैटांै अधिबेशन नेपाल सरकारका मुख्य सचिब डा. सोमलाल सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उद्घाटन मन्तब्य ब्यक्त गर्दै मुख्य सचिब डा. सुबेदीले पूर्व राष्ट्रसेवकहरुले आफ्नो ज्ञान तथा सिपलाई बजारीकरण गर्नुपर्ने र आफुले भनेर होइन अरु वा समाजले देख्ने गरि समाजसेवा गर्नु पर्ने धारणा ब्यक्त गरेका थिए । सो कार्यक्रममा पूर्वकर्मचारी सेवा परिषद नेपालका केन्द्रीय अध्यक्ष भरत बहादुर थापाले राष्ट्र निर्माणमा पूर्वराष्ट्रसेवकहरुको भूमिका बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
 सो अवसरमा केन्द्रीय महासचिब रामबाबु नेपाल, प्रमुख सल्लाहकार कृष्ण प्रसाद शर्मा भण्डारी, पूर्वकर्मचारी सेवा परिषद बाग्लुङ्ग शाखाका अध्यक्ष चिरञ्जीबि श्रेष्ठ, स्याङ्गजाका अध्यक्ष शेखर प्रधान, तनहुँका अध्यक्ष तारानाथ घिमिरे, पर्वतका सल्लाहकार याम बहादुर के.सी. र गुल्मीका सचिब शेरजङ्ग बस्नेत समेतका बक्ताहरुले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । 
कार्यक्रममा ७५ बर्ष माथिका नौ जना आजीवन सदस्य र पूर्वकर्मचारीका छोराछोरी मध्ये २०७१ सालको एस.एस.सि. परिक्षामा सर्बाेकृष्ट अकं ल्याउने आशिष रिमाल तथा कास्की शाखाको स्थापना, प्रगति र उन्नतिमा बिशेष योगदान पु¥याए बापत पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण प्रसाद बराललाई सम्मान गरिएको थियो ।
छैटौं अधिबेशनमा निर्वाचन संयोजक नबदत्त दुङ्गानाको निर्वाचन मण्डलले आगमी दुई बर्षको लागि पीताम्बर बरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समितिको निर्वाचन गरेको छ । समितिको उपाध्यक्षमा केशब प्रसाद ढकाल, सचिव बिष्णु प्रसाद भण्डारी, कोषाध्यक्ष भेक बहादुर थापा, र सदस्यहरुमा अनन्तराज लम्साल, भुवानी प्रसाद भट्टराई कृष्ण प्रसाद घिमिरे, टेकनाथ आचार्य,  पुष्पराज भण्डारी, कुन्ति परियार र सिता बराल रहेका छन् । 
पीताम्बर बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष केशब प्रसाद ढकाल र कार्यक्रम सञ्चालन सचिब रामचन्द्र पौडेलले गरेका थिए ।



Post a Comment

 
Top