0
गोल्डेन न्यूज संवाददाता
पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले नेपालको राष्ट्रिय राजनीतिको स्वामित्व नेपाली जनतामै पुनःस्थापित गर्न खोजेकै कारण भारतले नाकाबन्दी गरेको दाबी गरेका छन् यो प्रयास छोड्ने हो भने नाकाबन्दी तुरुन्त हट्ने दाबी गर्दै उनले तर यस्तो कदम घातक हुनेतर्फ सचेत हुन नेताहरुलाई आग्रह गरे । ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले पोखरामा आयोजना गरेको आप्mनो आत्मकथाको कृति ‘कुटनीति र राजनीति’ को परिचर्चा कार्यव्रmममा शनिबार बोल्दै पाण्डेले यति बेला नेपालको राजनीति दोबाटोमा रहेको तर्क गरे । उनले भने–‘नेपालको राजनीतिमा अब दुई वटा बाटाहरु छन्, एउटा– प्राप्त राजनीतिक स्वामित्व जोगाउने र अर्को– सत्ताको लालचमा लागेर भारतकै शरण पर्ने ।’ दोस्रो बाटो छाने नेपालले फेरि एउटा ऊर्जाशील पुस्ता खेर फाल्नुपर्ने पाण्डेले स्पष्ट पारे । नेपाली जनतामा धैर्य गर्ने क्षमता अद्भूत रहेको भन्दै पाण्डेले तर त्यो राजनीतिक नेताहरुको वा सत्तासीन दलहरुको लोकप्रियताका कारण नभई मौलिक गुणकै कारण भएको जिकिर गरे। आज मधेसमा देखिएको समस्या आउनुको मूल कारण नै स्थानीय निकायको निर्वाचन नहुनु भएको उनले बताए । पाण्डेले भने–‘यदि स्थानीय निकायको निर्वाचन भएको भए आफ्नो क्षेत्र र जिल्ला निर्माणमै नेताहरु लाग्ने थिए, यो खिचातानी आउने नै थिएन ।’ पञ्चायतकालीन समयदेखि हालसम्म पनि आफू नेपालको केन्द्रिय राजनीति र कुटनीतिमा रहेको स्वीकार गर्दै उनले कुनै पनि राजनीतिक दलमा भने औपचारिक रुपमा नजाने र गए जीवनभर त्यसमै रहने बताए । सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा पाण्डेको कृति कुटनीति र राजनीतिको परिचर्चा गर्दै सोसाइटीको पुस्तक छनोट समितिका पूर्व संयोजक कृष्ण केसीले पाण्डेले जीवनमा आर्जन गरेका ज्ञान र अनुभवको दस्तावेजका रुपमा कृति आएको बताए । खास गरी कूटनीति र नेपालको राजनीति बुझ्न चाहनेका लागि यो कृति लाभदायी हुने भन्दैै केसीले भारत र नेपाल बीचको कुटनीतिक सम्बन्धका विषयमा चर्चा चलिरहेकाले पनि कृति सान्दर्भिक रहेको बताए । 
सचिव रुपिन्द्र प्रभावीको सञ्चालन र उपाध्यक्ष केशवशरण लामिछानेको स्वागतमा भएको कार्यव्रmममा पुस्तक छनोट समितिका संयोजक सरस्वती प्रतीक्षाले आगामी पुस २५ गते शनिबार युवा लेखक युग पाठकले सल्मान रुस्दीको कृति ‘सर्टानिक भर्सेस’माथि परिचर्चा गर्नेजानकारी दिए ।
कार्यव्रmममा मदन भण्डारी, डा. लक्ष्मीशरण अधिकारी, महेन्द्र रिमाल, अजय अनमोल, कालिदास शर्मा, चव्रmपाणि सुवेदी, प्रा.डा. पशुपतिनाथ तिमल्सेना, प्रा. तारा बराल, सुन्दर गुरुङ, भूपनिधि पन्त, शिवप्रसाद गौतम, सुरेश रानाभाट, शेखर पराजुली, दिनेश लामिछाने, ज्ञानबहादुर कार्कीलगायतले टिप्पणी गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको सदस्य सुरज उपाध्यायले जानकारी दिए ।



Post a Comment

 
Top