0
गोल्डेन न्यूज संवाददाता
स्वतन्त्र पत्रकार संघ जिल्ला कार्य समिति कास्कीको विहीबार पोखरामा वसेको बैठकले पाँचौ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष वीरेन्द्र सापकोटाको अध्यक्षतामा वसेको सो बैठकले स्वतन्त्र पत्रकार संघ रुपन्देहीका साधारण सदस्य एवं रेडियो मलमलामा कार्यरत पत्रकार विष्णु कुँवरको सवारी दुर्घटनामा परि असामयिक निधन भएकोमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सोक सन्तप्त परिवारजनमा समवेदन प्रकट गर्दै सोक प्रस्ताव पारित गरेको छ ।
संघका सस्थापक अध्यक्ष एवं संरक्षक कृष्णप्रसाद बाँस्तोला, पूर्व अध्यक्ष तथा सल्लाहकार दीपक के. श्रेष्ठ लगाएतको उपस्थिति रहेको सो बैठकले नाकाबन्दी पछि भारत र नेपालको सम्बन्ध विषयक अन्तरक्रियाा कार्यक्रम पुस १५ गतेभित्र र अन्तिम साता वनभोज तथा भेटघाट कार्यक्रम गर्ने, माघ २१ गते पोखराका अग्रज संचारकर्मी चन्द्रकान्त पौडेल ‘गोरखापत्र वाजे’ को तेश्रो वार्षिक पुण्यतिथिको अवसरमा स्मृति दिवस कार्यक्रम गर्ने निर्णय भएको छ ।
साथै बैठकले संघको पाँचौ वार्षिक साधारण सभा तथा स्थापना दिवस फागुन २४ गते गर्ने र माघ महिना भित्र साधारण सदस्यहरुले सदस्यता नविकरण गरिसक्नु पर्ने निर्णय भएको संघका सचिव कृष्णबहादुर रानाभाटले वताए ।









Post a Comment

 
Top