0
एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च एशियन फोरम कास्कीको आयोजनामा वैदेशिक रोजगारबाट आर्जित पुजिलाई स्वदेशमा उत्पादनशिल क्षेत्रमा लगानी गरेकाहरु र सरोकारवालासंग अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद बृन्दा रानाले कृषिमा व्यवसायिकरुपमा सरकारले केही राहतका कार्यक्रम ल्याए पनि अपुर्ण रहेको भन्दै नेपाललाई सच्चिकै कृृषि प्रधान बनाउनका लागि कृषिमैत्रि निति नियम अवलम्वन गर्नुपर्ने बताए। उनले विदेशबाट आएको रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा लगानिको लागि सरकारले आकर्षक योजना बनाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै क्षेत्रिय कृषि निर्देशक बोधराज सुबेदीले किसानहरुको लागि अनुदानको नभइ ऋण र सिपको आवश्यकता रहेको बताए । उनले व्यवसायिक कृषि खेतिमा लाग्ने कृषकहरुको लागि सरकारले अनुदानको व्यवस्था मिलाउने बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले कृषि पेशालाई व्यवसायका रुपमा नहेर्ने बेलासम्म नेपालीहरुको जीवनस्तरमा परीवर्तन नहुने बताए। कार्यक्रममा विभिन्न देशमा काम गरी फर्केका विभिन्न पेशामा आबद्ध उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । यसैगरी एशियन फोरम कास्कीले स्थानिय निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई संस्थाले गरेका कामका बारेका जानकारी गराएको थियो । सो अबसरमा स्थानिय विकास अधिकारी रामचन्द्र तिवारी, संस्थामा संस्थापक अध्यक्ष सिद्धिचन्द्र बराल, केन्द्रिय अध्यक्ष निरज थापा, पश्चिमाञ्चल क्षेत्रिय सचिव कृष्णबहादुर रानाभाट, जिल्ला अध्यक्ष तिलक थापा, कालावाङ होमस्टेका अध्यक्ष नरबहादुर गुरुङ लगायत पर्यटन कार्यालय कास्कीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top