0
गोल्डेन न्यूज संवाददाता
राप्रपा नेपाल कास्कीले राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठन जिल्ला कार्यसमिति कास्कीको गठन गरेको छ । समितिको अध्यक्षमा रहीम बक्स मियाँ रहेका छन् । उपाध्यक्षमा नसुद्दिन मियाँ, सचिवमा याकुबद्दिन मियाँ, कोषाध्यक्षमा हनिफा मियाँ रहेका छन् । समितिको सदस्यहरुमा साबेदा खातुन, सखुरन मियाँ, ईनाम मियाँ, अब्दुल खालिक मियाँ, रहिम मियाँ, सर्फराज मियाँ, ज्याक्सलिङ्ग मियाँ रहेका छन् । आइतवार आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्रपा नेपालका कास्की जिल्ला अध्यक्ष जयलाल पुनले राष्ट्रियता बचाउने र जनतालाई सुसूचित गर्ने सबालमा यहाँहरुको अग्रणी भुमिका रही पार्टीलाई चुस्त र दुरुस्त बनाउने विश्वास व्यक्त गरे । 
मुस्लिम समाजका केन्द्रीय सदस्य अमीर मियाँको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्षहरु भोलाजंग सुवेदी, बुद्धिमान दुरा ‘धम्पु’ प्रशिक्षण विभागका केन्द्रीय सदस्य बरुणबिक्रम राणा, अञ्चल सचिव सूर्य बाँस्तोला, जिल्ला पार्टी सह–सचिव रञ्जना सेन पौडल, क्षेत्रीय अध्यक्ष गिता गुरुङ्, जिल्ला सदस्यहरु, रामेश्वर कोईराला, पूजा शाह, बिजुली गुरुङ्, प्रेमबहादुर गुरुङ, महेश्वर आचार्य, ध्रुव गुरुङ्, फौदसिँह बस्नेत, राजीब बाँस्तोला, जिल्ला स्थित नेताहरु, भातृ संगठनका प्रमुख तथा सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो ।


Post a Comment

 
Top