0
नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको पोखरामा संगठन विकास र विस्तार सम्वन्धी दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । गोष्ठीको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष तथा नेपाली काँग्रेसका केन्द्रिय आमन्त्रित सदस्य रामजी कुवँरले छिटै श्रम ऐन र सामाजिक सुरक्षा ऐन संसदवाट पास भएर आउन लागेको जानकारी गराए । कुँवरले श्रम क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि श्रम आयोगको आवश्यक रहेको र सोको लागि नेपाल ट्रेड युनियन काँग्रेसले सरकारसंग माग गरेको वताए । नेपाल वित्तीय संस्था कर्मचारी संघका राष्ट्रिय अध्यक्ष गणेस केसीले वित्तीय क्षेत्रमा धेरै समस्या रहेको र समस्या समाधान गर्न संघले संगठन विकास र विस्तार सम्वन्धी नीति लिई सशक्त रुपमा लागेको जानकारी गराए । कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेस पश्चिमाञ्चल क्षेत्रीय समितिका अध्यक्ष मुरारी सर्मा, नेपाल टे«ड युनियन काँग्रेस कास्कीका अध्यक्ष कुलदेवी वराल, सचिव केशवराज भट्टराई, नेपाल वित्तीय संस्था कर्मचारी संघका केन्द्रीय महासचिव लक्ष्मी अधिकारी, कोषाध्यक्ष धर्मप्रसाद खनाल, माछापुच्छ«े वैक कर्मचारी संघका अध्यक्ष विकास श्रेष्ठ, नेपाल वित्तीय संस्था कर्मचारी संघका क्षेत्रीय अध्यक्ष तारा श्रेष्ठ, ज्योती राज खनाल, रामकुमार श्रेष्ठ, ओमकार गिरी, वृन्दा वस्नेत लगायतले आ–आफ्नो भनाइ राखेका थिए।






Post a Comment

 
Top