0
गोल्डेन न्यूज संवाददाता
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारदेखि पोखराका साथै मुलुकभर शुरु भएको छ । यस अभियानको विश्वस्तरीय नारा ‘मेक  एजुकेशन ः सेफ फर अल’ अर्थात शिक्षाले सबैलाई सुरक्षित बनाउँछ भन्ने रहेको छ । यस अर्थमा यसवर्षको लैंगिक हिंसा विरुद्धको अभियानले शिक्षालाई प्राथमिकता दिएको छ । सबै शिक्षित भए लैंगिक हिंसा स्वतः घट्ने अनुमानका साथ अन्तर्राष्ट्रिय तहमै यसवर्ष शिक्षामा केन्द्रित अभियान अभियान संचालन गरिएको बताइन्छ । नेपालमा भने ‘घर शान्ति नै विश्वशान्तिको आधार, पुनःनिर्माण, शिक्षा र समान व्यवहार’ भन्ने मूल नारा अपनाइएको छ । नेपालमा हाल देखिएको राजनीतिक अस्थिरता, भूकम्पका कारण जर्जर बनेको जनताको अवस्थाका कारण विभिन्न खाले हिंसा बढ्दै गएका कारण अभियानमार्फत नै भएपनि केही हदसम्म कम गर्ने उद्देश्यका साथ यस्ता अभियान चलाइएको हो । २५ नोभेम्बरलाई डोमिनिकन मिरावाल दिदीबहिनी हत्याको क्रुर दिनको रुपमा सझिंदै महिला विरुद्ध हुने हिंसा विरुद्धको दिवसको रुपमा विश्वभर यो अभियान शुरु हुने गर्दछ । नेपालमा भने यो अभियान सन् २००६ देखि मनाउन थालिएको हो ।  अभियानको पहिलो दिन बुधबार पोखरामा सेतो रिवन र ब्रोसर वितरण सहित सचेतनामूलक ¥यालीको आयोजना गरिएको छ । पोखराको जिरो किलोमिटरबाट सुरु भएको ¥याली फिर्के, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक, बुद्धचोक हुदैँ अमसिंहचोकमा पुगेर सभामा परिणत भएको थियो ।
महिला तथा बालबालिका कार्यालय, इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय, महिला सशक्तिकरण नेपाल, बाल तथा महिला सशक्तिकरण समाज नेपाल, कोपिल नेपाल, राष्ट्रिय महिला अधिकार मञ्च, मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल, सिदार्थ क्लब, जिल्ला प्रहरी कार्यालय कास्की महिला तथा बालबालिका सेवा केन्द्रका प्रतिनिधि, सञ्चारकर्मीको सहभागिता रहेको ¥यालीमा समानताका लागि गरौँ समान व्यवहार, मानव बेचविखन बन्द गर, मान्छे बोक्सी हुदैँन कहिल्यै, सम्पत्तिमा समानता, लैङ्गिक हिंसा अन्त्य गरौँ लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो । ¥यालीको क्रममा ठाउँठाउमा सेतो रिवन र ब्रोसर वितरण गरिएको थियो ।
सभालाई सम्बोधन गर्दै महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मी जि.सीले जबसम्म महिला र बालिका सुरक्षित हुदैँनन् तबसम्म हिंसामा कमी नहुने बताइन । उनले हिंसा सहेर बस्न नहुने बताउँदै हिंसाको प्रतिकार गर्नुपर्नेमा जोड दिइन । राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रिय निर्देशक सम्झना शर्माले सम्पूर्ण महिलाहरुले आफ्नो अधिकार उपभोग गर्ने वातावरण नबने सम्म कुनै पनि घर, परिवार र समाज हिंसा मुक्त हुन नसक्ने बताइन । इन्सेकका क्षेत्रीय प्रमुख शिव खकुरेलले महिलाहरुको सहभागीता र उनीहरुको समानता विना मुलुक अगाडि बढ्न नसक्ने बताउँदै सबैले कुनै पनि हिंसा नगर्ने प्रण गर्नुपर्नेमा जोड दिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल आयोजक समितिद्वारा आयोजित कार्यक्रममा कार्यक्रममा अधिवक्ता सरलाकुमारी पाण्डे र जिल्ला प्रहरी कार्यालय कास्की महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी नायव निरीक्षक गीता रानाभाटले लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मी जि.सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अधिवक्ता तथा महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सरिता थापाले गरेकी थिइन। त्यस अवसरमा विद्यार्थीहरुले सचेतनामूलक सडक नाटक पनि प्रस्तुत गरेका थिए । महिला तथा बालबालिका कास्की, नौलो घुम्ती, सिद्धार्थ क्लव, महिला समन्वय समिति, जिविस कास्की, जिल्ला प्रशासन एवं जिल्ला प्रहरी कार्यालय, महिला सशक्तिकरण समाज कास्कीका साथै मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान, कोपिला नेपाल, महिला मानव अधिकार संस्था, नेपाल रेडक्रस सोसाइटी, सिविआर, मानव अधिकारका लागि एकल महिला समूह र सामी परियोजना लगायतका सरकारी एवं गैरसरकारी संघ–संस्थाहरुले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा सहकार्य गर्नेे महिला विकास अधिकृत उमादेवी अधिकारीले जानकारी दिइन ।
अभियानका अवसरमा हिंसामा परेका महिलाहरुलाई कानूनी परामर्श तथा मनोविमर्स सेवा, मनोसामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण, नेपालको संविधानमा भएका महिला हक सम्बन्धी प्रावधानहरु बारे अन्तक्र्रिया कार्यक्रम आयोजना गरिने छ । महिला मानव अधिकार रक्षक सञ्जाल कास्की लगायत अन्य विभिन्न संघ–संस्थाको सहकार्यमा संचालन हुने १६ दिने अभियानमा अभियानबारे थप प्रचार–प्रसार गर्न अन्तक्र्रिया एवं अभिमुखीकरण, महिला अधिकारकर्मीसंग अनुभव आदान–प्रदान, मिसन नोट अफ डिसेन्ट अभियान, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी महिला अधिकारकर्मी र संचारकर्मीबीच छलफल, मान्छे बोक्सी हुन्न कहिल्यै भन्ने सन्दर्भमा विभिन्न संचारमाध्यम मार्फत सन्देशमूलक कार्यक्रम एवं सूचना प्रसारण गरिनेछ । यसैगरी आसन, भाषण र शासनमा महिला छैन भन्ने मिसन नोट अफ डिसेन्ट ज्ञापनपत्र विभिन्न सरकारी कार्यालयका साथै राजनीतिक पार्टी प्रमुखहरुलाई बुझाउने, नेपालको संविधान २०७२ मा महिला सहभागिता विषयक अन्तक्र्रिया कार्यक्रम, महिला हिंसा विरुद्ध कानूनी उपचार बारे अन्तक्र्रिया र सुरक्षित आप्रवासन सम्बन्धी दोहोरी गीत प्रतियोगिता, डकुमेन्ट्री प्रदर्शन र पर्चा वितरण कार्यक्रम समेत अभियानका क्रममा संचालन गरिने महिला विकास अधिकृत अधिकारीले जानकारी दिइन ।
१६ दिने अभियानका अवसरमा संचालन हुने कार्यक्रम महिला तथा बालबालिका कार्यालयका साथै विभिन्न संघ–संस्थाहरु, महिला उत्थान तथा जागरण केन्द्र, डब्लुएचआरडी, फिडो, वीयान, एडभोकेसी फोरम नेपाल, सञ्जाल, एनजीओ फेडेरेशन, डब्लूएचआरका साथै संविधान सूचना केन्द्र, इन्सेक, शान्तिका लागि नागरिक समाज सञ्जाल, सिवीस, क्रियाशिल पत्रकार महिला समूह, सामी, जिल्ला विकास समिति, कास्की लगायतका संस्थाहरुले आयोजना गर्ने भएका छन् । १६ दिने अभियान कास्कीका विभिन्न टोल, वडा, गाविस, नगरपालिकाका साथै पोखराका विभिन्न स्थान, विद्यालय, विभिन्न सरकारी एवं गैरसरकारी संघ–संस्थाहरुका साथै संचार माध्यमहरुमा संचालन हुनेछ । अभियानले महिलासंग सम्बन्धित विभिन्न निकाय एवं कार्यालय, हिंसामा परेका महिला तथा बालबालिका, महिला मानव अधिकार रक्षकहरु, मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा समुदायका महिला, महिला मानव अधिकारकर्मीका साथै नागरिक समाज, न्यायाधिश, कर्मचारी र कानून व्यवसायीलाई लक्षित गरिएको महिला विकास अधिकृत अधिकारीले जानकारी दिइन ।
१६ दिनसम्म साचालन हुने अभियान अन्तर्गत लैंगिक हिंसा सम्वन्धी कानूनी परामर्श सकारात्मक सोच सम्वन्धी सचेतना कार्यक्रम सदभाव ¥याली र सेतो रिवन वितरण होडिङ बोर्ड टाँस सडक नाटक प्रदर्शन किशोरी परार्मश अन्तत्र्रिmया लगायतका विभिन्न जनचेतनामूलक कार्यक्रम समेत संचालन गरिने बताइएको छ ।

Post a Comment

 
Top