0
गोल्डेन न्यूज संवाददाता
रामबजार युथ क्लवको आयोजनामा शुक्रबारदेखि तेस्रो रामबजार महोत्सव–२०७२ शुरु भएको छ । कालिका उच्च माविको प्राङ्गणमा शुरु भएको महोत्सव कार्तिक २५ गतेसम्म चल्ने छ। महोत्सलाई सफल बनाएर युवाहरुलाई प्रोत्साहन दिन क्वलले सबैलाई आग्रह गरेको छ। महोत्सवको उद्घाटनसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि शुरु भएका छन्।
 
महोत्सव उद्घाटन पूर्व झाँकी सहितको ¥याली निकालिएको थियो।  अमरसिंहचोकबाट शुरु भएको ¥याली विभिन्न स्थान परिक्रमापछि महोत्सवस्थल कालिका उच्च माविको प्राङ्गणमा पुगेको थियो।       महोत्सवको उद्घाटन गर्दै पश्चिमाञ्चलका सह–क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलाले मुलुक संकटमा रहेको बेला आयोजना गरिएको महोत्सवले केहि समय भएपनि दुःख विर्साउन सहयोग गर्ने विश्वास व्यत्त गरे। कार्यक्रममा समाजसेवी मनवीर गुरुङ ढासा, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङ, सल्लाहाकारहरु जयलाल पुन, राजेश गुरुङ, पोखरा  उपमहानगरपालिका महिला समन्वय समितिकी अध्यक्ष पवित्रा गुरुङ र टोल विकास संस्था वडा समन्वय समिति पोखरा–१० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठले बोलेका थिए। त्यसअवसरमा ¥यालीमा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने रामबजार पुन समाज प्रथम, रामबजार ल्यामा पुचः द्वितिय, जनप्रिय समाज वातावरण समिति तृतिय र कालिका मन्दिर आमा समुह सान्त्वना हुन सफल भएका थिए। ती समूहलाई क्रमशः नगद पाँच हजार, चार हजार, तीन हजार र एक हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो। रामबजार युथ क्लवका अध्यक्ष कुमार थिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वीरेन्द्र पाइजा पुनले स्वागत र ज्ञानबहादुर थापाले कार्यक्रम संचालन गरेका थिए।      रामबजारको पहिचान र विकासको मुख्य उदेश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवमा प्रवेशका लागि दिउँसो ५० र राति लाइभ पप कन्सर्टका लागि एक सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ। महोत्सवको आकर्षणमा देउसी भैलो प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती, जातीय झाँकी, खानेकुरा तथा खेलकुदका स्टल, म्याराथन, बाल उद्यान रहेका छन्।  महोत्सव झण्डै एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सव सम्पन्न गर्न ३२ लाख ९५ हजार खर्च लाग्ने र महोत्सवबाट दुई लाख ५० हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ। महोत्सवबाट बचत भएको रकम रामबजारको शैक्षिक एवं सामाजिक विकास र सोलार लाइट जडानका लागि खर्च गरिने बताइएको छ।


Post a Comment

 
Top