0
गोल्डेन न्यूज संवाददाता
पोखरा विमर्श पत्रकारिता पुरस्कार २०७१ बाट बिनु सुबेदी सम्मानित हुने भएकी छन् । पत्रिकाका संस्थापक पदम राज घिमिरे उदासीद्वारा स्थापित यो पुरस्कारले पहिलो पटक सुवेदी सम्मानित हुन लागेकी हुन् । पोखरा विमर्शले आफ्नो स्थापनाको आठौँ वर्ष प्रवेशको अवसर पारेर उक्त पुरस्कार प्रदान गर्न लागेको हो । स्याङ्जा एफएमबाट २०७० सालमा समाचारबाचकको रुपमा पत्रकारीता सुरु गरेकी सुवेदी हाल पोखराको फेवा टेलिभिजनमा समाचार कक्षमा कार्यरत रहेकी छन् । मुख्यतया फिल्डमा क्रियाशिल पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा विमर्श साप्ताहिकद्वारा प्रदान गरिने पुरस्कारको राशी ५ हजार ५ र सम्मानपत्र रहेको छ । हरेक वर्ष प्रदान गरिने यो पुरस्कार कास्कीमा क्रियाशिल पत्रकारहरुलाई प्रदान गरिने पत्रिका प्रकाशक राजेश पराजुलीले बताए । हाल पोखरा विमर्श साप्ताहिक नयाँ व्यवस्थापन मा कृष्ण अन्जान ज्ञावालीको प्रधान सम्पादक रहने गरी प्रकाशन भइरहेको छ ।



Post a Comment

 
Top