0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय समाचार समिति
(रासस) को आयोजनामा पोखरामा दुई दिने पत्रकारिता तालिम हुने भएको छ । तालिममा पश्चिमाञ्चल क्षेत्र (गण्डकी धवलागिरि र लुम्विनी) का राससमा आवद्ध ३२ पत्रकार एवं कर्मचारी सहभागी हुँदैछन् । शनिबारदेखि शुरु हुने तालिमको उद्घाटन पूर्व सूचना तथा संचारमन्त्री एवं नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख डा. मीनेन्द्र रिजालले गर्दैछन् । तालिममा राससका अध्यक्ष कलचन्द्र वाग्ले, प्रधान सम्पादक राजु शाक्य, अन्तर्राष्ट्रिय विभाग प्रमुख एकराज पाठक, व्यवस्थापक उत्तम शिलवाल लगायतले राससको पृष्ठभूमि र गतिविधि बारे पश्चिमाञ्चलका रासस पत्रकारलाई जानकारी गराउनेछन् ।
 
तालिममा राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल, रासस क्षेत्रीय कार्यालय पोखराका पूर्व प्रमुख नारायण कार्की लगायतले पनि प्रशिक्षण दिने कार्यक्रम संयोजक एवं राससका बोर्ड सदस्य गंगाधर पराजुलीले जानकारी दिए । तालिम पोखराको लेकसाइडमा हुने बताइन्छ ।

Post a Comment

 
Top