डा. अरुणा उप्रेती
मोहीको महत्वको विषयमा योग रत्नाकर नामक ग्रन्थमा लेखिएको एउटा श्लोकको आशय यस्तो छ यदि कैलाशमा मोही (छाछ, वा मठ्ठा) हुँदो हो त शिवजीको कण्ठ विष रोक्नुको कारणले नीलो हुँदैनथ्यो । वैकुण्ठमा मोही हुँदो हो त विष्णुको शरीर कालो हुँदैनथ्यो होला। देवराज इन्द्र सौन्दर्य्विहीन हुँदैनथे होलान्। गणेशजीको पेट त्यति ठूलो हुँ दैनथ्यो होला ।’
यस श्लोकमा व्यक्त विचारबाट के अर्थ लाग्छ भने शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन मोहीले ठूलो भूमिका खेल्छ । कुनै व्यक्ति स्वस्थ छ भने उसको सौन्दर्य त्यसै नै बढ्छ । यसैगरी आयुर्वेदको अर्को एउटा ग्रन्थमा लेखिएको छ, ‘मोहीको नियमित सेवन गर्ने व्यक्ति रोगी हुँदैन । जसरी स्वर्गमा देवताहरूका लागि अमृत छ, त्यसैगरी मनुष्यका लागि मोहीको प्रयोग सुखदायी हुन्छ ।’ दही र मोहीलाई पहाड तथा तराईका गाउँघरमा हिजो पनि भोजनको प्रमुख वस्तु मानिन्थ्यो भने आज पनि त्यति नै महत्व छ । पाहुनाहरूलाई सत्कार गर्दा दही ख्वाउने चलन अझै पनि छँदैछ । दही–मोही स्वादको हिसाबले मात्र नभएर स्वस्थ रहन र विभिन्न किसिमका समस्याहरूलाई समाधान गर्न उपयोगी मानिन्छन् । दहीमा पानी हालेर मलेर नौनी निकालेपछि मोही बन्छ । तराईतिर मोहीलाई ‘छाछ’ भनिन्छ । कतिपय ठाउँमा यसलाई ‘गोरस’ पनि भन्छन् । आर्युवेदिक विज्ञानका साथै आधुनिक विज्ञानमा पनि दहीको महŒवको बारेमा स्पष्ट व्याख्या गरिएको छ । दूधबाट दही बन्दा एक विशेष प्रकारका कीटाणु पैदा हुन्छन्, जसले हाम्रो स्वास्थ्यका लागि निकै महत्व राख्छन् । बच्चाबच्ची, गर्भवती महिला र वृद्धवृद्धाहरूको हाडको लागि नभई नहुने क्याल्सियम दहीमा पाइन्छ । क्याल्सियमको महत्व हाडको लागि अति नै हुन्छ । उमेर बढ्दै जाँदा हाडको घनत्व कम हुँदै जान्छ र अस्टियोपोरोसिस नामक रोग लाग्ने सम्भावना हुन्छ। विशेषगरी महीनावारी बन्द भएका महिलाहरूमा यो समस्या बढी हुन्छ। यस समस्याबाट बच्नका लागि क्याल्सियमको अति नै महत्व छ । क्याल्सियमयुक्त भोजनको प्रयोग यस रोगबाट बच्ने एउटा राम्रो उपाय हो । दही र मोहीमा हुने क्याल्सियमले कुपोषित बच्चा तथा बिरामी भएर तङ्ग्रिन सुरू गरेका बालबालिका सबैका लागि विशेष महत्व राख्छ ।
किनभने दही दूधभन्दा धेरै सजिलोसँग पच्छ । दूध खान मन नलाग्ने वा कतिपय अवस्थामा दूध नपच्ने वयस्क व्यक्ति र बच्चाहरूका लागि पनि दही एउटा उत्तम भोजन हो । दूधबाट दही बन्दा विशेष प्रकारका लाभदायक कीटाणुहरू उत्पन्न हुन्छन् । ती कीटाणुहरूले पेटमा रहेका हानिकारक कीटाणुहरू लाई नष्ट गर्न मद्दत गर्छन् । कतिपय व्यक्तिहरूलाई एण्टिबायोटिकको प्रयोग गर्दा दिसा–पखाला लाग्नेगर्छ ।
यसबाट बच्न दहीको प्रयोग अत्यन्त लाभदायक हुन्छ । दही पखाला रोक्नुका साथै कब्जियत खुलाउन पनि उपयोगी सिद्ध भएको छ । अनुसन्धानहरूले के पनि देखाएका छन् भने दहीमा रहेका लाभदायक कीटाणुहरूले क्यान्सर उत्पन्न गर्ने कीटाणुको सव्रिmयता घटाउँछन् र यसले आन्द्रामा हुने क्यान्सरलाई कम गर्न पनि मद्दत गर्छ । मध्यएशियाली देशहरू कजाकिस्तान, उज्बेकिस्तान तथा युरोपेली देश बुल्गेरियाका बासिन्दाहरू दैनिक भोजनमा दही बढी प्रयोग गर्ने भएकाले स्वस्थ हुन्छन् भनेर अध्ययनहरूले देखाएका छन् । कब्जियतको समस्याबाट बच्न बाल, वृद्ध सबैले मोही र दहीको प्रयोग गरेमा यो स्वतः समाधान हुन्छ । दही र केरा मिसाएर खाएमा कुपोषित व्यक्ति, गर्भवती महिला, दूध ख्वाउने महिला र लामो बिरामीबाट भर्खर उठेका व्यक्ति सबैलाई अत्यन्त फाइदा हुन्छ । नेवार समुदायमा भोज खाने बेलामा सम्पूर्ण भोजन सिद्धिइसकेपछि अन्त्यमा दही र मूला दिने चलन छ । यस परम्परालाई निकै वैज्ञानिक मान्नुपर्ने हुन्छ । दहीलाई एउटा सम्पूर्ण भोजन पनि मानिन्छ । यसले शरीरलाई पुष्ट राख्छ र विभिन्न समस्याको समाधान पनि गर्छ । भारतका कतिपय ठाउँहरूमा छाला राम्रो बनाउन दही, बेसन र बेसार मिसाएर लगाउने चलन छ । यसले छालालाई नरम र चिल्लो बनाउँछ भन्ने उनीहरूको मान्यता छ । घरेलु औषधिको रूपमा दहीलाई कपालको चाया हटाउनका लागि पनि प्रयोग गरिन्छ । दही र कागतीको मिश्रण बनाएर दुई घण्टापछि कपालमा लगाउनाले चायाको प्रकोप कम हुनुका साथै कपाल चम्किलो पनि हुन्छ भन्ने कुराको अनुभव धेरैले बटुलेका छन् ।
(डा. उप्रेतीको पुस्तक आप्mनो स्वास्थ्य आप्mनै हातबाट)
(डा. उप्रेतीको पुस्तक आप्mनो स्वास्थ्य आप्mनै हातबाट)
सामान्य रुघाखोकी, ज्वरोको समस्या देखिने बित्तिकै औषधि पसलेको सल्लाहमा कडा एन्टिबायोटिक औषधि सेवन गरेर बिमार दबाउने चलनले आम नेपालीको रोग प्रतिरोधात्मक क्षमतामा नकारात्मक असर पारिरहेको वरिष्ठ आयुर्वेद चिकित्सक डा. रामदेव यादव बताउँछन् । ‘कुनै जटिल लक्षण नदेखिएसम्म भाइरल ज्वरोलाई आयुर्वेदको घरेलु उपचार पद्धति नै पर्याप्त हुन्छ,‘उनी भन्छन् । रुघाखोकीमा ज्वानोको बाफ लिने, घाँटी दुखेको छ भने कुल्ला पनि गर्नुपर्ने डा. कोइरालाको सुझाव छ । ‘धेरै खोकी लागिरहेको छ भने पानको पातको जुसलाई महमा मिलाएर बिरामीलाई दिँदा सन्चो हुन्छ,‘ डा. कोइराला भन्छन्, ‘अदुवाको रस पनि मिसाएर दिन सकिन्छ ।‘
यस्तै बिरामीलाई थोरै मरिचको पाउडर अदुवा आदिमा मिसाएर दिँदा हुन्छ । डा. कोइरालाका अनुसार कहिलेकाहीं बिरामीलाई धेरै टन्सिल बढ्यो भने बेसार, चियापत्ती, ज्वानो, नुनले कुल्ला गर्दा समेत सन्चो हुन्छ । सामान्य भाइरल रुघाखोकीको समस्यामा सितोपलादि, चालिसादि, सत्यादि, पुष्करमुलाती, रक्त लबंगादी चुर्णहरू, गाउँघरतिर भए रुदिलो पनि धेरै राम्रो मानिन्छ, यस्तै तुलसीलाई पनि घोटेर खान दियो भने यसले रुघाखोकी निको पार्नमा धेरै फाइदा पुर्रुयाउने डा. कोइराला बताउँछन् । उनका अनुसार यो एन्टिभाइरल औषधि जस्तै हो । घाँटीको खसखसलाइ हटाउन अदुवाको टुक्रालाई पोलेर नुनसँग मिसाई खान सकिने डा. यादव बताउँछन् । दूधमा बेसार मिलाएर खान दिँदा समेत यो समस्यामा राहत मिल्छ । ‘तुलसी पात, असरोको पातलाई पानीमा उमालेर पिउँदा समेत फाइदा पुग्छ,‘ डा. यादव भन्छन्, ‘कागतीलाई दुई टुक्रा पारेर यसको माथि नुन, बेसार र दुई दाना मरिचलाई राम्रोसँग पिँधेर त्यसमा कागतीलाई अलि तताएर मिलाई रोगीलाई चाट्न दिनोस् । रुघाखोकी जस्ता भाइरलको समस्यालाई ठीक गर्छ ।‘
यस्तै, सुल्फी (सुकाएको अदुवा), पिप्ली र मरिचलाई बरोबरी मात्रामा पिँधेर धुलो बनाएर महसँग खानाले पनि राहत मिल्ने यादवले बताए । उनका अनुसार आयुर्वेदविज्ञको सल्लाहमा ज्वरो एक सय डिग्रीभन्दा माथि गएमा त्रिशूल ट्यावलेट दुई–दुई गोली दुई पटक, सँगै त्रिभुवन कीर्तिरश दुई(दुई गोली दुईपटक खान सकिने बताउँछन् । यसको साइड इफेक्ट भने नहुने उनी बताउँछन् । यस्तै ज्वरो कम गर्नका लागि सिटामोलको समेत प्रयोग गर्न सकिन्छ । सामान्य रुघाखोकीमा समेत यदि कुनै असमान्य लक्षण देखिए तुरुन्तै आयुर्वे्दिक वा एलोपेथिक चिकित्सकको सल्लाह लिनुपर्ने उल्लेख गर्दै डा. कोइराला भन्छन्, ‘सामान्य अवस्थामै यदि १०२ डिग्रीभन्दा बढी ज्वरो आयो भने चिकित्सकको परामर्शमा शारीरिक तौल अनुसारको मात्रामा सिटामोल चक्की खान सकिन्छ ।‘यदि छातीमा घ्यारघ्यार भएमा, १०२ डिग्रीभन्दा माथि ज्वरो निरन्तर रूपमा रहिरहेमा, छाती दुखेमा, पहेंलो वा हरियो कफ आएमा, सास फेर्नमा लगायत समस्या देखिए आयुर्वेद वा एलोपेथिक चिकित्सकसँग तुरन्त उपचार गराउनुपर्छ,‘ डा. यादव भन्छन्, ‘यो समस्या सामान्यतः पाँच–सात दिनमा निको हुने गर्छ ।‘
Post a Comment