0
गोल्डेन न्यूज संवाददाता
रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराले आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको १७ औं संस्करण आउँदो पुष १३ देखि १७ गते सम्म हुने भएको छ । रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईको अध्यक्षतामा आइतबार बसेको बैठकले १७ औं सडक महोत्सवका लागि समितिका सदस्य दोर्जे लामालाई संयोजकमा चयन समेत गरेको छ । मुन डान्स रेष्टुरेण्टका लामा रेवान पोखराका कार्यसमिति सदस्य हुन् । अंग्रजी नयाँ वर्षको अवसरमा ‘सडकमै खाउँ सडकमै नाचौ सडकमै रमाऔं’ भन्ने मुल नाराका साथ रेवानले यो महोत्सव आयोजना गर्दै आएको छ । ‘देशको असहज परिस्थितीका वाबजुद पनि विगतदेखि गरिदै आएको महोत्सवलाई यसपटक पनि भव्यताका साथ आयोजना गरिने निर्णय गरियो’–अध्यक्ष भट्टराईले भने । भूकम्पपछिको नाकाबन्दीका कारण पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको बताउँदै सम्बन्धित निकायलाई यसका बारेमा ध्यानाकर्षण गराइने पनि बैठकले निर्णय गरेको छ ।
 
महोत्सवमा विभिन्न अन्र्तराष्ट्रिय खानाका परिकार, राष्ट्रिय पप् तथा लोक गायक गायिकाको साँगीतिक प्रस्तुति, बाल उद्यान, साँस्कृतिक कार्यक्रम लगायत रहेन छ । आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन गर्दै समग्र राष्ट्रकै पर्यटन उद्योगमा सहयोग पु¥याउने उद्येश्यका साथ रेवानले यो महोत्सव आयोजना गर्दै आएको छ । महोत्सव सफल पार्न सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनिहरुले आ आफ्नों स्थानवाट सहयोग गर्नुहुने विश्वास लिएका छौं–अध्यक्ष भट्टराईले भने ।

व्यापार मेला मंसिर १० गतेदेखि

पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर १० देखि २० गतेसम्म पोखरामा आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७२ अनिश्चितकालको लागि पर धकेलिएको छ । संघका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको २१ औँ बैठकले मेला अनिश्चितकालको लागि पर सार्ने निर्णय गरेको महासचिव रवीन्द्रबहादुर प्रजुले जानकारी दिए । संघले वर्तमान विषम परिस्थितिका कारण मेला पर सार्नु परेको जनाए पनि सीमामा जारी अवरोध र भारतको अघोषित नाकाबन्दीले सृजना गरेको विषम परिस्थितिलाई ध्यान दिएरै मेला पर धकेलिएको हो । यस अघि लेखनाथ उद्योग वाणिज्य संघले समेत घोषित मेला पर सारेको जनाएको थियो । पोखरा उद्योग वाणिज्य संघका महासचिव प्रजुका अनुसार स्थिति सहज भएपछि मेला आयोजना हुनेछ । मेलाको आगामी मिति लेखनाथ उद्योग वाणिज्य संघसँगको छलफलपछि तय गरिने उनले जनाए । कास्कीमा रहेका दुई उद्योग वाणिज्य संघले यस अघि आपसी समझदारीमा भिन्नाभिन्नै समयमा मेला गर्ने घोषणा गरेका थिए । 








Post a Comment

 
Top