0
गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस कास्कीको आयोजनामा प्राथमिक उपचार र सडक सुरक्षाबारे चारदिने  तालिम लेखनाथमा शुरु भएको छ । कार्यक्रमको शुभारम्भ गर्दैै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका मन्त्री कृष्ण तिमील्सीनाले प्राथमिक उपचारको महत्व बढ्दै गएको बताए । उनले दुर्घटनामा परि घाइते भएका विरामीलाई प्राथमिक उपचार प्रदान गर्नाले थप जटिल हुनबाट जोगाउन सकिने बताए । लेखनाथ उपशाखा १३ का सभापति मेघराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राथमिक उपचार महाशाखाका कार्यक्रम अधिकृत टिकाराज पौडेल, गोगन उच्च माविका प्रधानाध्यापक डम्मर प्रसाद पौडेल, शिशुवा उपशाखाका सचिव विश्वमोहन पौडेल लगायतले प्राथमिक उपचारको बारे बोलेका थिए ।
 
तालिममा लेखनाथ १३ र शिशुवा उपशाखाका २४ जनाको सहभागिता रहेको छ । तालिममा राजेश घिमिरे, रेखा कार्की, सुर्य पालुवा तिमिल्सिना, नवराज भण्डारीले सहजिकरण गर्नेछन् । प्राथमिक उपचार र सडक सुरक्षा परियोजनाका फिल्ड को–अर्डिनेटर प्रतिभा सापकोटाले कास्कीको कोत्रेदेखि लुम्लेसम्म परियोजना सञ्चालन भइरहेको जानकारी दिंदै यस क्षेत्रका स्थानीयलाई सडक सुरक्षाबारे तालिम प्रदान गरिने बताए ।  नेपाल रेडक्रस सोसाईटी कास्की शाखा अन्तर्गत प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम अन्र्तगत सो कार्यक्रम भएको हो ।


Post a Comment

 
Top