0
रेडियो सफलता पोखराको आयोजनामा शुभदीपावली तथा छठ पर्व २०७२को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आजीवन सदस्यहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु, अधिकारकर्मी, समाजिक कार्यकर्ता तथा रेडियोका श्रोता शुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  कार्यक्रममा शुभकामना व्यक्त गर्दै वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले मुलुकमा पछिल्लो समय देखिएको राष्ट्रिय संकटको यथाशीघ्र समाधान गर्नुपर्नेमा जोड दिए ।
 
बजारमा उपभोग्य वस्तुहरुको अभाव संगै कालाबजारी समेत बढेकोप्रति चिन्ता व्यक्त गर्दै असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याएर समस्याको समाधानमा प्रतिवद्ध हुन् सरकारलाई सुझाव दिए । यस्तै अनौपचारिक सेवा केन्द्र इन्सेक पश्चिमाञ्चलका संयोजक शिव खकुरेलले नयाँ संविधानमा अधिकांश मागहरु समेटिएका उल्लेख गर्दै मुलुकको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप रोकिनुपर्नेमा जोड दिए । भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेर भुपेरिवेष्ठित राष्ट्रले पाउने पारवहनको अन्तर्राष्ट्रिय अधिकारको समेत वेवास्ता गरेको आरोप लगाए । बजारमा चरम इन्धन अभाव भएका कारण सीमित मात्रमा उपलब्ध पेट्रेलियम पदार्थको पनि समानुपातिक वितरणमा उनले जोड दिए । पोखरा उप–महानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले इन्धन अभावका कारण नागरिकहरुको जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै समस्यालाई वार्ता र संवादको माध्यमबाट टुंग्याउनु पर्ने बताए । उनले पोखराको विकास र नगरवासीलाई छिटोछरित्तो सेवा प्रवाहमा आफूहरु सदैव कटिवद्ध रहेको उल्लेख गरे । कोपिला नेपालकी कार्यकारी निर्देशक विना सिलवालले जारी समस्याबाट पाठ सिक्दै आत्मनिर्भरतातर्फ लाग्नुपर्नेमा जोड दिए । शदिऔंदेखि अर्कैको भरमा परिरहदाँ पटक–पटक समस्या झेल्नु परेको स्मरण गराउँदै उनले राजनीतिक नेतृत्व अब सचेत हुनुपर्ने बताए । पत्रकार शिवराज बस्ताकोटी (शिव दाई) ले जारी समस्या समाधानका लागि सरोकारवाला निकायहरु गम्भीर हुनुपर्नेमा जोड दिए । विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष खरिलाल विश्वकर्माले मानवीयता संगै सामाजिक संस्कारको विकास हुन आवश्यक रहेको बताए ।
 
रेडियोकी प्रबन्ध निर्देशक दुर्गा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दीप एजुकेशन कन्सल्टेन्सीका दिपेन्द्रका ढकाल, श्रोता सदस्य एंव छोरेपाटन शितलपथ दिदीबहिनी समूहकी रम्बा थापा, आजीवन सदस्य लाली माया रेग्मी, यातायात व्यवसायी सीता गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको संचालन रेडियोकी कार्यक्रम प्रस्तोता निषा सुनारले गरेकी थिइन ।


Post a Comment

 
Top