0
गोल्डेन न्यूज संवाददाता
नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो शनिबार पोखरामा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै कास्की बचत सहकारी संघका सह–सचिव केशव लामिछानेले अझैपनि सरकारले सहकारीप्रति गर्ने व्यवहार फरक रहेको बताए । उनले सहकारीबाट लिइने करको दायरा घटाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमको अध्यक्ष एवं संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले सहकारीको भवना ‘एक थुकी सुकी, सय थुकी नदी’ भएको बताए ।
 
कार्यक्रममा नागवेली टोल सुधार समितिकी अध्यक्ष शारदा गिरी, संस्थाका उपाध्यक्ष महेश शर्मा लामिछाने, कोषाध्यक्ष शंकर सुवेदी, सदस्य चेतमाया पगेनी लगायतले आ–आफ्नो भनाई राखेका थिए । त्यस अवसरमा संस्थामा उत्कृष्ट बचत गर्ने महेश शर्मा लामिछाने, टीकाराम आचार्य, ईश्वरमान महर्जन, कृष्ण प्रसाद शर्माका साथै उत्कृष्ट कर्मचारीहरु आशिष लम्साल, पर्मिला गुरुङ, खेम भट्टराई, नविना राना,शोभा सुनार, सरस्वती पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन संचारकर्मी कमल सुवेदीले गरेका थिए । पोखरा उप–महानगरपालिका वडा नं. ९ नागढुङ्गामा स्थापित नागढुङ्गा सहकारीको कुल पुँजी ७१ लाख ४१ हजार २ सय ८२ रुपैयाँ रहेको छ भने निक्षेप संकलन ६ करोड, ८ लाख, ३४ हजार ५८५ रुपैयाँ रहेको छ । संस्थाले कूल पुँजी २ करोड रुपैयाँ पु¥याउने लक्ष्य राखेको अध्यक्ष श्रेष्ठले बताए ।
 
यसैगरी क्रियाशिल महिला विकास कृषि सहकारी संस्था लिमिटेड मासवार ७ पोखराको तेस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गदै प्रमुख अथिती महिला तथा बालबालिका कार्यलय कास्कीका प्रमुख लक्ष्मी जिसीले क्रियाशिल महिला विकास कृषि सहकारी संस्था लिमिटेड बिलकुलै फरक र उत्कृष्ट सहकारी भएको बताइन । उनले समाजमा रहेका महिलालाई कृषि पेशामा लाग्न प्रेरित समेत गरेको बताइन । क्रियाशिल महिला विकास कृषि सहकारी संस्था लिमिटेड का अध्यक्ष सारदा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज पोखराका अध्यक्ष राम बहादुर पौडेल, नेकपा एमाले नगर कमिटी पोखरा ७ का अध्यक्ष पुरुषोतम रेग्मि, टोल विकास संस्था समन्वयन समिती पोखरा ६ का अध्यक्ष राम मोहन आचार्य, महिला समन्वयन समिति पोखरा ७ का अध्यक्ष प्रभा पन्त, सहकारीका सल्लाहाकार लोचना अधिकारी, लेखा संयोजक साबित्रा बराल लगायतले बोलेका थिए । सेभेसाधारणसभाले कोषाध्यक्ष लक्ष्मी बराल र अध्यक्ष सारदा गिरीको प्रतिवेदन पारित गरेको थियो भने कार्यक्रममा स्वागत उपाध्यक्ष मनमायाँ बरालले र सञ्चालन सचिव पिङगला भट्ले गरेकी थिइन ।
 
यसैगरी लेखनाथ नगरपालिका वडा नं. ३ वुढीवजारमा रहेको सेभेन लेक कृषि सहकारीको प्रथम साधारण सभा शनिवार सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै जिल्ला कृषि सहकारी संघ कास्कीका अध्यक्ष शिवजी कोईरालाले निजी क्षेत्रले लगानी मैत्री वातावरणबाट सहकारीले उत्पादन सिल क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिएका थिए। सेयर सदस्यहरु सहकारीका मेरुदण्ड भएको धारणा राख्दै अध्यक्ष कोईरालाले छरिएर रहेको पुजीलाई एकीकृत गर्दै कृषिको माध्यवाट आय आर्जनको क्षेत्रलाई अगाडि वढाउनु पर्छ उनको सुभाव थियो। कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले सहकारी भनेको सहकार्य हो जसले लगानीका सम्भावनालाई खोजी गर्दै उत्पादनसिल क्षेत्रलाई प्रथामिकता दिनुपर्ने बताएका थिए । संस्थाका अध्यक्ष अमृत कुमार बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा जल्धारे बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष श्रीकान्त ढुंगाना, सल्लाकार संयोजक टिकाराम पंगेनी, लेखा समितिका संयोजक सन्तोष लामिछाने र सस्थाका प्रबन्धक कृष्णप्रसाद अधिकारी लगायतले आ–आफनो धारणा राखेका थिए। सस्थाका उपाध्यक्ष नृपेश अधिकारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सदस्य रामचन्द्र तिमिल्सेनाले गरेका थिए ।

Post a Comment

 
Top