लमजुङ जिल्लाबाट पोखरामा आइ विभिन्न पेशा व्यवसायमा संलग्न भएका लमजुङवासीहरुले शुभ दीपावलीको अवसरमा देउसीभैलोमा रमाउँदै एवं सेलरोटी खाने कार्यक्रम गरेका छन् । नेपालीहरुको चाडपर्व र संस्कृतिको संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको हो । लमजुङ–पोखरा सम्पर्क समितिको बैठकद्वारा गठित महिला उपसमितिले उक्त कार्यक्रमको चाँजोपाँजो मिलाएका थिए । उप–समिति संयोजक काशीमाया गुरुङकै घरमा उक्त कार्यक्रम भएको थियो । संयोजक गुरुङकै अध्यक्षतामा भएको कार्यक्रममा सम्पर्क समिति र लमजुङ सहकारीका पदाधिकारी, पूर्व पदाधिकारी सदस्य, सल्लाहकार, आजीवन सदस्यका साथै साधारण सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समितिका अध्यक्ष सूर्य बराल, सहकारीका अध्यक्ष ऋषिराम चिलवाल, पूर्व अध्यक्षहरु कवि तीर्थराज अधिकारी, बुद्धिमान गुरुङ, विश्वलाल श्रेष्ठ, सल्लाहकार एवं पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष दीलिपराज श्रेष्ठ लगायतले तिहार पर्वमा आयोजित यस्तो कार्यक्रमले सांस्कृति संरक्षण गर्नुका साथै आपसी भाइचारा विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । कार्यक्रममा स्वागत मन्तव्य समितिकी उपाध्यक्ष चम्पा रानाभाट र कार्यक्रम संचालन सावित्री घिमिरेले गरेकी थिइन ।
कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, सहकारीका उपाध्यक्ष दीपकराज घिमिरे, सचिव हरिराज पन्त लगायतको पनि उपस्थिति रहेको थियो । त्यस अवसरमा देउसी भैलोको गीत गाउँदै कार्यक्रममा सहभागीहरु छमछमी नाचेको हरिराज पन्तले जानकारी दिए ।

Post a Comment