0
गोल्डेन न्यूज संवाददाता
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि हुने क्षेत्रीय प्रतियोगिताका लागि कास्की जिल्ला खेलकुद विकास समितिले आइतबार सितेरियो कराँते खेलका खेलाडी छनोट गरेको  छ । छनोट अन्तर्गत आइतबार पोखरा रगंशालामा भएको पुरुष खेलमा महिला ६१ केजीमा रेनु पुन, ४५ केजीमा सम्झना शाही, ५० केजीमा सपना शाही र ५५ केजी तौलमा पवित्रा वि.क छनोट भएका छन् । त्यस्तै पुरुष तर्फ ५० केजीमा लुकमान गुरुङ, ५५ केजीमा कृष्ण के.सी, ६० केजीमा तीलक पुन, ६७ केजीमा दिपक पुन, ७५ केजीमा कृष्ण तामाङ, ८४ केजीमा विवेक क्षेत्री र ८४ केजीमै जीवन मल्ल छनोट भए । यता पुरुष एकल कातामा विष्णु नेपाली र महिला एकल कातामा विमला नेपाली छनोट हुन सफल भए भने टीम काता पुरुषमा विष्णु नेपाली, तिलक पुन र पुजन नेपाली छनोट हुदाँ महिला टीम कातामा बिमला नेपाली, अनिता थापा र रोशनी पुन छनोट भएको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए । छनोट खेलको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्क्षय खगराज पौडेल, जिल्ला अध्यक्ष यामबहादुर गुरुङ र कोषाध्यक्ष दिपकबहादुर गोदारको उपस्थिति रहेको थियो ।


Post a Comment

 
Top