0
गोल्डेन न्यूज संवाददाता 
गोल्डेन न्यूज दैनिकका पत्रकार हरि पन्तमाथि भएको आक्रमणको पोखराका युवा पत्रकार हरी पन्त माथि भएको आक्रमणप्रति पोखरा मिडिया क्लब तथा समाचारपाटी डटकमले ध्यानाकर्षण भएको जनाएको छ । मिडिया क्लबका अध्यक्ष प्रल्हाद चन्द्र घिमिरेले रातीको समयमा पनि काम गरेर जनतालाई सुसूचित गराउने उद्देश्यले कामबाट फर्किएका पत्रकार पन्त माथि भएको आक्रमणको यस घटनालाई प्रहरी प्रसाशनले गम्भिरता पूर्वक लिनुपर्ने बताएका छन् । उनले भने–‘बेला बेला पोखराका पत्रकारमाथि हुने यस्ता आक्रमणले पोखराका पत्रकारहरु कति जोखिममा काम गरीरहेका छन् भन्ने प्रष्ट हुन्छ ।’
 
मिडिया क्लबले गल्ति कमी कमजोरी भए बसेर छलफल गर्नुको सट्टा रातिको समयमा पत्रकारमाथि आक्रमण गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याएर कार्बाहीको माग समेत गरेको छ । यसैगरी कपडा व्यवसायी एशोसिएशन पोखराले पनि एक विज्ञप्ति प्रकाशित गरि पत्रकार पन्तमाथि भएको आक्रमणको निन्दा एवं भत्र्सना गरेको छ ।
 

एशोसिएशनका अध्यक्ष यामनाथ तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘कपडा व्यवसायी एशोसिएशन पोखराद्वारा प्रकाशित व्यवसाय दर्पण पत्रिकाका सम्पादक समेत रहनुभएका पत्रकार हरि पन्तमाथि माथि भएको  आक्रमणको जति भत्र्सना र निन्दा गरेपछि कम हुन्छ । जनतालाई सुसूचित गराउने, राज्यको चौथो अंगको दर्जा पाएको पत्रकारकै यस्तो अवस्था छ भने आम सर्वसाधारण नागरिकले सुरक्षाको प्रत्याभूति कसरी गर्ने ?’ आक्रमणकारीलाई तत्काल पक्राउ गरि कडा कार्वाहीको माग गर्दै एशोसिएशनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायको ध्यानाकार्षण गराएको छ ।
यसैगरी इन्सेक पोखराल पोखराबाट प्रकाशित हुने गोल्डेन न्यूज दैनिक पत्रिकामा कार्यरत पत्रकार हरि पन्तलाई ०७२ मसिंर ३ गते राति पत्रिका सम्पादनको काम सकेर आप्mनो निवास तर्फ जाँदैगर्दा तीनजना अपरीचित ब्यक्तिहरुले पोखरा–८ बगालेटोलमा रातको ११ बजेको समयमा गरेको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संचार माध्यममा प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबुझेमा वा असहमतिका केही विषय भए कानुनी रुपमा अघि बढ्ने अधिकार खुल्ला रहेको र आपसी समझदारीमा कुराकानी गर्न सकिने विकल्प खुल्ला हुँदा हुँदै पनि कार्यालयको जिम्मेवारी सकेर निवास तर्फ जांदै गर्दा संचारकर्मीहरुमाथि आक्रमण गर्नु एउटा ब्यक्तिको बाँच्न पाउने नैसर्गिक अधिकार र स्वतन्त्रतापूर्वक समाचारहरु प्रकाशन एवं प्रसारण गर्न पाउने अधिकारलाई कुण्ठित पार्न खोजिएको इन्सेकको ठहर छ ।’–विज्ञप्तिमा ‘इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘यस घटनामा संलग्न दोषीउपर आवश्यक छानविन गरि कार्वाही गर्न हामी स्थानीय प्रशासन संग जोडदार माग गर्दछौं साथै कुनै पनि संचार माध्यमले सत्य तथ्य समाचारहरु स्वतन्त्रतापूर्वक प्रकाशन एवं प्रसारण गर्न पाउने अधिकारको सुनिश्चितताको साथै संचारकर्मी हरुको सुरक्षाको प्रत्याभूतिको  ग्यारेण्टी गर्न हामी राज्यको ध्यानाकर्षण गराउ्रदछौं ।’ उःmेख गरिएको छ ।
 
साथै लमजुड बेशिसहर स्थित रेडीयो मस्र्याङदीबाट गत कार्तिक २९ गते साँझ र ३० गते विहान प्रसारण भएको पेट्रोलियम पदार्थमा भएको कालोबजारी सम्बन्धी समाचारको विषयलाई लिएर बेसीशहर नगरपालिका वडा नं. ७, रानीकुवा मूलपानीस्थित जय भद्रकाली आयल स्टोर्सका संचालक श्रीकान्त घिमिरे नेतृत्वको एक समूहले सोही दिन साँझ ८ बजे रेडियो मस्र्याङ्दीका समाचार प्रमुख युवराज श्रेष्ठको वासास्थानमै गई गरेको आक्रमण गरिएको र रेडियो बन्द गराउने धम्कीको समेत इन्सेकले भत्र्सना गरेको छ ।



Post a Comment

 
Top