0
गोल्डेन न्यूज संवाददाता
नेवा खल मोहरिया सिहना टोल कचा र मिसा पुुचः ले पोखरामा एक कार्यक्रमकाबीच ७७ वर्ष पुगेका २७ जना जेष्ठ नागरिकहरुलाई जङ्क सगुन तथा सम्मान गरेको छ । नेवार समुदायको विभिन्न धार्मिक कर्म काण्ड मध्ये ७७ वर्ष ७ महिना ७ दिन ७ घडी पुगेका जेष्ठ नागरिकहरुलाई जङ्कु गर्ने संस्कार अनुसार जङ्क सगुन तथा सम्मान गरेको हो । २७ जना जेष्ठ नागरिकहरुलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् प्राध्यापक डा.चुन्डा बज्राचार्यले सगुन, टिका र फेत्ताले सम्मान गरेका हुन् । जेष्ठ नागरिकलाई सम्मान गर्दै बज्राचार्यले नेवारी समुदायको संस्कृति, भाषा र धार्मिक परम्परा र जङ्कु सगुनको बारेमा धारणा राखेका थिए । कार्यक्रममा सम्मानित व्यक्तित्व तेजमान बुद्धाचार्य, बागबजार कचाका अध्यक्ष सुविन्द्र श्रेष्ठ, सल्लाहकार सुवर्ण बज्राचार्य, मिसा पुच कास्कीका अध्यक्ष शान्ति उदाष, मिसा पुचका अध्यक्ष विन्जु गुभाजु, नेवा खल कास्कीका उपाध्यक्ष गणेशबहादुर श्रेष्ठ, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ लगायतले बोलेका थिए । सोही अवसरमा एस.एल.सी दिएका २ जना विद्यार्थी प्रतिक्षा बुद्धाचार्य र ऋशव बज्राचार्य तथा कुमारी नृत्यका प्रशिक्षक श्रीया बुद्धाचार्यलाई पनि सम्मान गरिएको थियो । अध्यक्ष कृष्णमान गुभाजुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सुरेन्द्रमान विजुक्छेले गर्नुभएको थियो भने सञ्चालन सचिव विमल श्रेष्ठले गरेका थिए ।




Post a Comment

 
Top