0
गोल्डेन न्यूज संवाददाता
नोभेम्बर २० तारिख आर्थात अन्तराष्ट्रिय बाल अधिकार दिवस, नेपालमा पनि शुक्रबार विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । यसवर्षको दिवसको नारा बालबालिका विरुद्धको हिंसा रोकौँ तय गरिइएको छ । पोखरामा पनि विविध कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको छ ।
 
दिवसको अवसरमा राईट फर चिल्ड्रेनले  पोखरामा आयोजना गरेको खुल्ला बालचित्रकला प्रतियोगितामा गुरुकुल विद्या सदनका विवेक जलारी प्रथम भएका छन् । बाल विकासका लागि शान्ति र सद्भाव शीर्षकमा भएको प्रतियोगितामा शिशु निकेतन उच्च माध्यमिक विद्यालयका आरध्याप्रताप अधिकारी द्वितीय, डिज्नील्याण्ड एकेडेमीका सुयसा सिग्देल तृतीय, विन्ध्यवासिनी उच्च माध्यमिक विद्यालयका डोल्मा मोक्तान र शिशु निकेतन उच्च माध्यमिक विद्यालयकै अनुसुया बराल सान्त्वना भएका थिए ।
 
प्रतियोगितामा प्रथम हुनेलाई ३ हजार ७ सय ५०, द्वितीय हुनेलाई २ हजार ८ सय १२, तृतीय हुनेलाई १ हजार ८ सय ७५ र सान्त्वना हुनेलाई ९ सय ३७ नगदको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा वरिष्ठ चित्रकारद्वय यादवचन्द्र भूर्तेल र आलोक गुरुङ, जिल्ला बाल कल्याण समितिका सदस्य कुञ्जनी प्यासीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा विभिन्न विद्यालय, बालगृह र बाल सम्पर्क केन्द्र १ सय २८ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।
 
विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै प्रमुअ अतिथि जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले बालबलिकालाई अगाडि बढाउन अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा राईट फर चिल्डे«नका फाउण्डर डग्लस म्याक लेगन, सिईओ अनिल पौडेल, विद्यार्थी मञ्जु दाहाल लगायतले बोलेका थिए । जनप्रिय उच्च माध्यमिक विद्यालयका प्राचार्य बाबुराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन राईट फर चिल्ड्रेन की केशु भूजलले गरेका थिए । सोही अवसरमा खुल्ला नाटक प्रतियोगिताको विजेता तथा सहभागीहरुलाई पनि पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।


Post a Comment

 
Top